१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सडकका संरचना हटाउन आग्रह गर्दै सचेतनामूलक ¥याली – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सडकका संरचना हटाउन आग्रह गर्दै सचेतनामूलक ¥याली

भाद्र २५, लालबन्दी । सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न सात दिने सूचना निकालेको लालबन्दी नगरपालिकाले त्यसको कार्यान्वयनका लागि सचेतनामूलक ¥याली निकालेको छ ।
लालबन्दी नगरपालिका, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श लालबन्दी, बाल संरक्षण संस्था लालबन्दी, लालबन्दी जेसिस लालबन्दी र प्रहरीको संयुक्त आयोजनामा पश्चिम जनज्योती क्याम्पसदेखि पूर्व ईलाका प्रहरी कार्यालय अगाडि सम्म सचेतनामूलक ¥याली निकालिएको हो ।
स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर निर्माण हाम्रो अभियान नारा दिएको उक्त सचेतनामूलक ¥यालीमा ठेलागाडी देखि ठुला महल सम्मका सम्पूर्ण व्यापारीहरुको मागलाई सम्बोधन गर्दै सुन्दर र समुन्नत नगर निर्माण अभियानमा ऐक्यवद्धता जनाउँदै उनीहरु सचेतनामूलक ¥यालीमा सहभागि भएका स्थानीय सचेत युवा मनोज बख्रेलले जानकारी दिनुभयो ।
सो अवसरमा उनीहरुले सडकमा रहेका स्टल, पसल, ठेलागाडा, ई–रिक्सा, अटो, म्याजिक लगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न र ती संरचनाहरु सडकमा नराख्न आग्रह गरेका थिए । त्यस्तै उनीहरुले सडकमा निर्माण सामाग्री समेत नराख्न अनुरोध गरेका थिए ।
सडकमा त्यस्ता फुटपाथ पसल, ठेलागाडा, स्टल, सवारी साधन र निर्माण सामाग्री समेत राख्दा सडकको अवस्था कुरुप बन्दै गएको, बजारको सुन्दरतामा समेत कमी आएको, दुर्घटनाको जोखिम बढेको भन्दै त्यस्ता संरचना हटाउन नगरपालिकाले ७ दिने सूचना नै निकालेको थियो । नगरपालिकाले जारी गरेको सूचनाको कतै समर्थन कतै आलोचना भईरहेको बेला यहाँका सरोकारवाला संघसंस्थाले भने नगरपालिकाको योजनामा ऐक्यवद्धता जनाउँदै ¥यालीमा सहभागि भएको बताएका छन् ।
नगरपालिकाले जारी गरेको सूचना २७ गते सकिँदै छ । आज सचेतनामूलक ¥याली मार्फत फुटपाथ व्यापारीहरुलाई संरचना हटाउन सचेत गराइएको भएपनि भोलिदेखि संरचना नहटाए स्थानीय प्रहरी प्रशासनसँगको समन्वयमा ती संरचनाहरु नगरपालिकाले नै हटाउने र संरचना हटाउन लाग्ने खर्च समेत व्यापारीहरुबाट असुल उपर गरिने नगरपाकिाका सूचना अधिकारी रेवती प्रसाद पौडेलले जानकारी दिनुभयो ।
यता फुटपाथ व्यापारीहरुले भने सडकको क्षेत्राधिकारभित्र पर्ने साँढे ८२ फिट नै क्लिएर गरेमात्रै आफूहरुले सहयोग गर्ने बताउँदै आईरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.