१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
चक्रघट्टामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारस्थानीय

चक्रघट्टामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

बैशाख १५ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहीवारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा पालिकाको कर्मचारी टिमले वडा नं. ३ सुन्दरपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमलाई वडा नंं ३ लाई २९ रन पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेका कर्मचारी टिमले १५.३ ओभरमा अल आउट हुदैं ७८ रन बनाएका थिए । कर्मचारी टिमका लागि लखिन्द्र यादवले सर्वाधिक १८ र सुनिल ठाकुरले १२ रन बनाएका थिए । वडा नं. ३ का लागि रमेश कुमारले ४ र लभ कुमार दासले २ विकेट लिएका थिए ।
७९ रनको लक्ष्य पछ्याउन आएका वडा नं. ३ ले १० ओभरमा अलआउट हुदैं ४९ रन मात्र बनाएका थिए । वडा नं. ३ का लागि मोहम्मद नियाजले सर्वाधिक १६ रन बनाएका थिए । कर्मचारी टिमका लागि राम विकास मण्डलले सर्वाधिक ४ विकेट लिएका थिए ।
प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले उद्घाटन गरेका छन् ।
प्रतियोगितामा ९ वटा वडा र एक कर्मचारीको टिम गरि १० टिमको सहभागिता रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.