१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही एमालेमय बन्दै – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही एमालेमय बन्दै

सर्लाही,२६ भदौ । फुटपछि सर्लाहीमा अत्यन्तै कमजोर सावित भएको नेकपा एमाले पछिल्लो समय भने शक्तिशाली बनेको छ । यही क्रम जारी रहे सर्लाही एमालेको लालकिल्ला नै बन्ने देखिएको छ ।
आसन्न संघ र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा एमालेले जिल्लामा मात्रै नभई मधेश प्रदेशमै शक्ति आर्जन गर्दै लगेको छ । एमालेबाट फुटेर गएकाहरु पनि जुटेर पुरानै घर फर्कन थालेका छन् भने अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको समेत लर्को लागको छ ।
भाद्र १७ गते जिल्ला पार्टी कार्यालयमा भव्य कार्यक्रम गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारीसहित ५ सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा समाहित भएका थिए । त्यसरी समाजवादीबाट पुरानो पार्टी एमालेमै फर्किनेमा जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देवन्द्र यादव, जिल्ला कार्यसमितिका सचिव गोविन्द अधिकारी, प्रचारविभाग प्रमुख एवम् हरिवन नगरकमिटी अध्यक्ष चुडामणि वाग्ले लगायत रहनुभएको थियो ।
आज आईतबार पुनः निवर्तमान जिसस प्रमुखसहित नगर तथा गाउँपालिका प्रमुखहरु एमालेमा प्रवेश गरेपछि एमाले सर्लाहीमा थप शक्तिशाली बनेको छ । उता गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टीलाई भने आफ्ना आशलाग्दा नेता कार्यकर्ता एमालेमा प्रवेश गरेपछि ठुलो झटका लागेको छ । ठुला ओहोदाका नेताहरु एकैसाथ जसपाबाट एमालेमा प्रवेश गरेपछि सो पार्टीलाई ठूलो झटका लागेको हो ।
त्यसरी एमालेमा प्रवेश गर्नेहरुमा गत २०७९ बैशाख ३० गतेको स्थानीय चुनावमा जनता समाजवादी पार्टी, नेपालको टिकटबाट मलंगवा नगरपालिकाको मेयर पदमा चुनाव लडेका निरसल साह, जिल्ला समन्वय समिति सर्लाहीका पुर्व सभापति मेथुर चौधरी, पर्सा गापाका पुर्व अध्यक्ष एवं जसपा नेता किसुनदेव राय यादव र कौडेना गापाका पुर्व उपाध्यक्ष सुनिता जयसवाललगायत २०० को संख्यामा जसपासहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई नेकपा एमालेले केन्द्रिय कार्यालय काठमाण्डौंमा एक बिशेष कार्यक्रमको आयोजना भव्य स्वागत गरेको छ । नव प्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फुलमाला अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
जिल्लामा जसपाको पिलर नेता मानिने कविलासी नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादव यसअघि नै एमालेमा प्रवेश सक्नु भएको छ । पछिल्लो समय देखिएको एमालेमा प्रवेशको लहर हेदा सर्लाही जिल्ला छिट्टै नै एमालेको लाल किलामा परणित हुने राजनीतिक पंडितहरुको विश्लेषण रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.