१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
कृषिको विकासले देशमा समृद्धि आउने पुर्व प्रधानमन्त्री नेपाल – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

कृषिको विकासले देशमा समृद्धि आउने पुर्व प्रधानमन्त्री नेपाल

सर्लाही,१७ असोज । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत ) समाजवादीका केन्द्रीय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले कृषिको विकासले देशमा समृद्धि आउने बताउनुभयो ।

सर्लाहीको लालबन्दीमा समाजवादी पार्टीको मेची महाकाली समाजवादी जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री नेपालले कृषिको विकास गर्नाले नै देशको अर्थतन्त्र बलियो बनाउन सक्ने, वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न सक्ने, उधोग कलकारखाना स्थापना गर्न सक्ने बताउनुभयो ।

उहाले जन्ताको सम्पूर्ण समस्या समाधान गर्ने पार्टी समाजवादी पार्टी भएको दावी गर्नुभयो । अहिले मलंगवा लगायत देशको विभिन्न ठाउमा भएको घटना प्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ।

उहाले सबैलाई समाजिक सदभाव कायम गर्न आग्रह समेत गर्नुभयो । उहाले जन्तामा जागरूकता ल्यायन हामीले यो जागरण अभियान सुरु गरेको बताउनुभयो । त्यसैले शुसान, रोजगारी लगायतको नारा लिएर समाजवादी पार्टी जागरण अभियान सुरु गरेको उहाले बताउनुभयो ।

जब सम समाजमा भेदभाव हुन्छ तब सम समाजको विकास नहुने भएकोले समाजवादको नारा ल्याइएको पुर्व प्रधानमन्त्री नेपालले बताउनुभयो ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत ) समाजवादीका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले हाम्रो पार्टी समाजवादलाई अंगालेको बताउनुभयो ।

उहाले देशमा रोजगारी सिर्जना गर्न उधोग कलकारखाना स्थापना गर्नु आजको आवश्यकता रहेको र देश विकास गर्न यस पार्टीले अभियानमा थाल्ने बताउनुभयो । देशमा भ्रष्टाचार मौलाएको रहेको बेला राजनीति दलहरू सतामुखी बनेको उहाको आरोप छ ।

देशमा विकास छैन, बेरोजगारी बढेको छ , यि सबै समस्या चिर्न र जन्ता माझ राष्ट्रमा देखिएको विकृति राख्न समाजवादी पार्टीले मेची महाकाली समाजवादी जागरण अभियान सुरु गरेको पुर्व प्रधानमन्त्री खनालले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.