१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जन्म दिनको अवसरमा बस्नेतले गराईन वृद्धवृद्धालाई मिष्ठान्न भोजन – Nigrani Today
ताजा खबर

जन्म दिनको अवसरमा बस्नेतले गराईन वृद्धवृद्धालाई मिष्ठान्न भोजन

सर्लाही,१५ असोज । बस्तीपुर निवासी सिर्जना बस्नेतले आफ्नो जन्म दिनको अवसरमा संरक्षिति जेष्ठ नागरिक हरुलाई दिवा खाजा सहित मिष्ठान्न भोजन गराएकी छिन् ।लालबन्दी –२ मा रहेको पदम भुवनेश्वरी बृद्दा सेवा आश्रममा संरक्षित आमा बुवा तथा संरक्षण गरिएकाहरु सँग आफ्नो – सुख दुख बाड्दै फलफुल , खाजा ,जुस तथा ड्राइफुड सहित आएका बस्नेत दम्पतिलाई आश्रमका संरक्षक तथा प्रजातान्त्रिक आन्दोलनका स्थापित नेता बासुदेव शरण कोइराला र श्रीमती मन्जु कोइरालाले आत्मीय स्वागत गर्नुभएको हो ।
संरक्षित आमा बुवा तथा संरक्षण गरिएकाहरुलाइ भेट्न पुगेकी सिर्जनाले आफ्नो भनाइ राख्दै आफ्नो बृदा–बृदा संग अत्यन्तै गहिरो अनुभव र साइनो रहेको रहेको बताइन । सिर्जनाले एक अनौपचारिक भेटघाट सहित आश्रममा जन्मदिन मनाउन पाँउदा आफुलाई निकै खुसिलागेको जनाएकी छिन् ।
आफु २ वर्षकै उमेर देखि आफ्नी हजुर–आमाको काखमा हुर्किएको स्मरण गर्दै सानैमा अभिभावक गुमाउनुको पीडाका शब्द सँग सगै भावुक बनेकी सिर्जनाले सबैको अभिभावक बन्नु भएकोमा आश्रमकि अध्यक्ष भवानी कोइराला प्रति सम्मान ब्यत्त गरेकी छिन् । थुप्रै मार्मिक र सान्दर्भिक लेख रचना मार्फत लेखकको परिचय बनाएकी सिर्जनाले सामाजिक कुरीति , विवेद , अभिभावक विहिनताको अवस्था आदिका सन्दर्भमा कलम चलाएकी छिन ।
नेपालको आप्रवासन ब्यबस्थापन र बैदेशिक रोजगारीका क्षेत्रमा समेत लामो समयदेखि काम गर्दै आएकी बस्नेत रामेछापको पुराना गाँउमा जन्मेकी हुन् । सानै उमेरमा आमा सँग अलग रही हजुर आमाको काखमा हुर्केकी सिर्जनाले आफ्नो हजुर आमा , बुवा र सहोदर काका समेतको आफैले अन्तिम दाहसंस्कार गर्नुपरेको पीडालाई आपसी कुराकानीमा भावुक हुँदै सुनाएको आश्रमकि अध्यक्ष भवानी कोइरालाले जानकारी दिनुभयो ।
उहाका अनुसार आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सकृय रहन चाहेकी सिर्जनालाई सबै संरक्षित हरुको तर्फबाट आशिर्वाद र सुभकामना प्रदान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.