१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा सेवा निवृत गनीलाई विदाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा सेवा निवृत गनीलाई विदाई

सर्लाही,१९ चैत्र । नापी कार्यालय, सर्लाही , मलंगवाका प्रमुख नापी अधिकृत नसीमुल गनी सेवा निवृत्त भएका छन् ।वि.सं. २०५१ बाट निजामती सेवा प्रवेश गरेका प्रमुख नापी अधिकृत गनीले शुक्रवार बा६ सेवा निवृत्त भएका हुन् ।सेवा निवृत्त प्रमुख नापी अधिकृत गनीलाई कर्मचारी मिलन केन्द्र , सर्लाहीले आयोजना गरेको कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा अध्यक्ष रामदरेश राय यादवले संयुक्त रूपमा कदर पत्र, माला, अविर तथा गम्छा ओढाएर विदाई गरेका छन । उनले करिव २८ वर्ष नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए ।

उनी शालीन, स्वच्छ, सरल, सभ्य, मेहनती, बौद्धिक एवं सजग व्यक्तित्वका रुपमा परिचित छन् । मिलन केन्द्रले सेवा निवृत राष्ट्रसेवक वसतपुर गापा–३, बारा निवासी नसीमुल गनीज्यूलाई अर्पण गरिएको कदर पत्रमा लेखिएको छ,“तपाईंले जीवनको उर्जाशील समय निजामती सेवा जस्तो गरिमामय क्षेत्रको सुदृढीकरण, विकास एवं सर्वसुलभ गर्न÷गराउन राष्ट्रसेवकको रूपमा खेल्नु भएको भूमिका स्वंय आफैंमा आलोकितपूर्ण र अनुकरणीय छ ।

गुणस्तरीय सार्वजनिक सेवा प्रवाहको लागि उत्प्रेरक व्यक्तित्व तपाईंले कर्मक्षेत्रबाट व्यक्ति–व्यक्ति र समुदायलाई सार्वजनिक सेवा प्रतिको जनविश्वास बढाउन जुन भूमिका निर्वाह गर्नु भएको छ, त्यो वास्तवमा अनमोल, अपरिमेय र पेय अमृततुल्य छ । तपाई र तपाईको व्यक्तित्वबाट अझै पनि समाजले थुप्रै आशा राखेको छ । तपाईको सेवा निवृत जीवन आशापूर्तीमा सधैं सहायक भई रहनेछ भनी दिव्य विश्वासका साथ तपाईलाई यो कदर पत्र प्रदान गरिनुको साथै तपाईको दीर्घायु, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगति को हार्दिक कामना गर्दछौं ।“सो कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रजिअ गौतम तथा अध्यक्ष यादवले कोष तथा लेखा नियन्त्रण कार्यालय, सर्लाहीको प्रमुख कोष नियन्त्रकको भर्खरै जिम्मेवारी पाउनुभएका जीवन राज पुरीलाई अविर, माला र गम्छा ओढाएर स्वागत गरेको छ ।

कार्यक्रमका  नापी अधिकृत गनीले जागिरे जीवनको भोगाइका कुरा राख्दै कुशलतापूर्वक सेवा निवृत हुन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवा निवृत प्रनाअ गनीको दीर्घायु, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

त्यसैगरी प्रमुख कोष नियन्त्रक पुरीको सफल कार्यकालको शुभकामना दिनु भयो । विदाई तथा स्वागत कार्यक्रमका अध्यक्षता गर्नु भएका केन्द्रका अध्यक्ष रामदरेश राय यादवले सेवा निवृत प्रनाअ गनीको सेवा निवृत जीवन समाजसेवामा समर्पित होस् भनी कामना गर्दै भर्खरै प्रमुख कोष नियन्त्रकको जिम्मेवारी पाउनु भएका जीवन राज पुरीलाई सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रजिअ थानेश्वर गौतम, सप्रउ भरत खनियाँ, प्रनाउ माधव वुढाथोकी, प्रमुख कोष नियन्त्रक जीवनराज पुरी, नेविप्राका प्रमुख विनोद यादव, केन्द्रका अध्यक्ष रामदरेश राय यादव, वरिष्ट उपाध्यक्ष होमनाथ सुवेदी, सचिव सुनिल कुशवाहा, सहसचिव ममता कुमारी यादव, सदस्य प्रअ राज कुमार थापा, सदस्य कृष्ण गिरी, सदस्य ई.शत्रुधन कुमार यादव, सदस्य ई. रञ्जय कुमार महतो, सदस्य रमेश पोखरेल, रामअधार सिंह , सरोज कुमार महतो, राम कैलास महतो, कृष्णदेव सिंह, रेश्मी योगी, मुकेश कुमार यादव, विश्वनाथ यादव लगायतको उपस्थिति रहेको थिए ।कार्यक्रम केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता, प्रजिअ थानेश्वर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ भने कार्यक्रम केन्द्रका सचिव सुनिल कुशवाहाले संचालन गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.