२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
तलव भत्ताको माग गर्दै हरिपुर्वाका कर्मचारी ११औ दिन धर्नामा, तलव आउने अन्योल कायमै – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

तलव भत्ताको माग गर्दै हरिपुर्वाका कर्मचारी ११औ दिन धर्नामा, तलव आउने अन्योल कायमै

हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाको कर्मचारी तथा शिक्षकले तलव भत्ता माग राख्दै कार्यालय तथा विद्यालय बन्द गरेर धर्नामा बसेको आज ११औ दिनमा पुगेको छ । करिब ८ महिना देखी रोकिएको नगरसभा फागुन ७ गते बहुमत सदस्यको अधारमा सम्पन्न भएपनि कर्मचारीको खातामा तलव आउने कार्य अहिले पनि अन्योलमै रहेको छ ।
नगरसभा सम्पन्नको कागजातहरु तथा हरिपूर्वा नगरपालिकाको नया खाता संचालनको लागी कोष लेखा नियनत्रण कार्यालय संग सहकार्य भइरहेको र खाता संचालन लगतै पहिलो प्राथमिक्ता समाजिक      सुरक्षाभत्ता तथा कर्मचारी,शिक्षकको तलब रहेको प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद यादवले जानकारी गराउनुभएको छ ।
कोष लेखा नियनत्रण कार्यालय सर्लाहीको प्रमुख सरुवा भएको र निमित्त प्रमुखले प्रशासनिक कार्यको मात्र जिम्मेबारी पाउनुभएकोले खाता संचालन गर्न नसकिएको प्रमुख रायले बताउनु भएको छ ।
हरिपूर्वा नगरपालिकाको १६ वटा विद्यालयमा लगभग ६ हजार विद्यार्थी पढाईबाट बञ्चित भएको शिक्षा शाखा प्रमुख जनक काफ्ले बताउनु हुन्छ ।सबै कक्षाका विद्याथीहरुको फाइनल परिक्षा आइसकेको हुनाले विद्यालय बन्द हुनु दुःखद हो तर हामी धर्नाबाट हटयो भने पालिकाले पुनः तलव पठाउदैन त्यही भएर तलब खातामा नआउन्जेल हाम्रो धर्ना जारी रहने केश्वर गरिब जनता मा बि का शिक्षक संजय साहले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.