१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
कृषि यन्त्र पाएपछी चन्द्रनगरका स्थानिय हर्षित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

कृषि यन्त्र पाएपछी चन्द्रनगरका स्थानिय हर्षित

प्रेमनाथ पाैडेल
सर्लाही,१० भदौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा किसानहरुलाई कृषि यन्त्र वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धानवालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले बिहिवार कृषि यन्त्र किसानहरुलाई वितरण गरेपछी किसानहरु हर्षित भएका छन।

गाउँपालिकाले वडा नं. ४, ५, ६ र ७ का कृषकहरुलाई कार्यक्रममा सहभागी हुन केहि दिन अघि सूचना जारी गरेको थियो । म्याद भित्र निवेदन दिएका चन्द्रनगर गाउँपालिका वडा नं. ४ को हरियाली कृषक समूह, वडा नं. ५ को शुभलाभ बहुउद्देश्यीय कृषक समूह, वडा नं. ६ को सूर्य उदय कृषक समूह र वडा नं. ७ को आर्दश बहुमुखी सहकारी संस्था लिमिटेडलाई कार्यक्रममा छनौट गरी किसानहरुलाई पम्पसेट,विद्युत मोटर, पावल ट्रेलर र ब्रस कटर लगायतको कृषि यन्त्र वितरण गरिएको चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक शाहले जानकारी दिए ।

गाउँपालिकाले पकेट विकास कार्यक्रमको कार्यविधि अनुसार सिंचाइ पूर्वाधारका सामानहरु खरिद गर्दा लागेको वील अनुसार खर्चको ८५% रकम र कृषि औजार तथा उपकरण खरिदमा लागेको वील अनुसार खर्चको ५०% को अनुदान कृषि समुहरुलाई दिएको प्रशासकीय अधिकृत साहले बताए । वाँकी रकम समूह तथा सहकारीले स्वयं व्यहोर्नुपर्ने अधिकृत शाहले बताए ।

कार्यक्रम अन्तर्गत छनौट भएका कृषक समूह तथा कृषि सहकारीले जम्मा ५२ वटा पम्पसेट, ४६ वटा विद्युत मोटर, १२ सेट पावल ट्रेलर र २ थान ब्रस कटर खरिद गरी अनुदानको लागि गाउँपालिकामा विल भर्पाई सहित अनुदानको लागि निवेदन पेश गरेका थिए ।

कार्यक्रम अन्तर्गत पेश भएको विल भर्पाईको आधारमा गाउँपालिकाबाट जम्मा रु. ३८ लाख १९ हजार २ सय ४९ रुपैया अनुदान प्रदान गरिएको थियो । चन्द्रनगर गाउँपालिकाको वडा नं. १, २, ३ मा यसै परियोजना अन्तर्गत तरकारीबालीको व्यबसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम संचालन भएकोले ती वडा वाहेकका वडाहरु ४, ५, ६ र ७ लाई साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रममा छनौट गरिएको थियो ।
कृषि यन्त्रहरु गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सम्बन्धित कृषि समुहका किसानहरुलाई हस्तान्तरण गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.