१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
प्रतिबद्धता गरे अनुरुप गाउँपालिका अध्यक्ष महतोको प्रयासमा वडा स्तरमै समाजिक सुरक्षा भत्ता वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रतिबद्धता गरे अनुरुप गाउँपालिका अध्यक्ष महतोको प्रयासमा वडा स्तरमै समाजिक सुरक्षा भत्ता वितरण

सर्लाही,३ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा स्तरमै समाजिक सुरक्षा भता वितरण सुरु भएपछी स्थानीयहरु हर्षित भएका छन । बिहीबार वडा नं ४ पोखरीया बाट एनआईसी एसिया बयलबास ब्रान्चले जेष्ठ नागरिक,विधवा,दलित जेष्ठ नागरिक, तथा अतिअश्क्त र पूर्ण अंपागलाई समाजिक सुरक्षा भता दिन सुरु गरेको एनआईसी एसिया बयलबास ब्रान्चका म्यानेजर मनिष प्रताप साहले जानकारी दिनुभयो ।

। गाउँपालिका अध्यक्ष राजकुमार महतोले प्रतिबद्धता गरे अनुरुप वडा वडा मै नै भता दिन सुरु गरेपछि समाजिक सुरक्षा भता प्राप्त गर्ने व्यक्तिहरु दंग परेका छन । चन्द्रनगर गाउँपालिका पञ्जिकरण शाखाको आयोजना तथा गाउँपालिका अध्यक्ष राजकुमार  महतोको अध्यक्षतामा वडा स्तरमा समाजिक सुरक्षा भता प्रदान शुभारम्भ समारोह को उद्घाटन गाउँपालिका अध्यक्ष महतोले गर्नुभयो ।

गाउँपालिका अध्यक्ष लगायत चन्द्रनगरका सम्पूर्ण जनप्रतिनिधिले वडा स्तरमा समाजिक सुरक्षा भता वितरण गराउन सफल भएको छ ,उहाहरुले उदाहरणीय कार्य गरेको समाजसेवी मुनसिप महतोले भन्नुभयो ।


चन्द्रनगरमा रहेको नबिल बैंकमा भता लिन जादा १ हजार सम्म अटो खर्च हुने अवस्था थियो, चर्को घाममा उभने अवस्था थियो, लघुवा गाउँ देखि आउन १२ किलोमिटर सम सेवाग्राहीहरु हिडेर बैंक पुग्ने अवस्थाको अन्तय भएको समाजिक सुरक्षा प्राप्त गर्ने वडा नं ४ का स्थानीय शारदा खातुनले जानकारी दिनुभयो।

नबिल बैक बाट समाजिक सुरक्षा भता रकम वितरण महिनौ दिन सम हुन्थ्यो, एकदिनमा भता लिन पनि समस्या भैरेको अवस्थामा अब वडा बाटै नै भता वितरण भएपछी धेरै सहज भएको खुसि हुँदै अर्का स्थानीय स्थानीय बिल्टु पासवाले बताउनुभयो ।


गाउँपालिका अध्यक्ष महतोले जन्ताको समस्या समाधान गर्न आफनो दायित्व भएको बताउनु भयो । चन्द्रनगर गाउँवासी टाढा टाढा बाट नबिल बैंकमा चर्को घाममा भिडभाड गरी लाईनमा उभिने अवस्था थियो,बैंकले उचित व्यवस्थापन नगर्दा खर्च पनि बढने र स्थानीयले शास्ती पनि खेप्नु पर्ने अवस्था रहेको थियो, आफुले जन्ताको गुणासो अनुसार नै समस्या समाधान गर्न एनआईसी एसिया बैंकबाट भता वितरण गरेको अध्यक्ष महतोले बताउनुभयो । आफु जन्ताको सेवक भएको हुदा जन्ताको समस्या आफनो समस्या बुझेर अघि बढने अध्यक्ष महतोले बताउनुभयो ।

वडा नं ४ बाट भता बाडन सुरु गरिएको छ क्रमशः ७ वटै वडामा भता बाडिने चन्द्रनगर गाउँपालिकाका फिल्ड सहायक अभिनाश महतोले जानकारी दिनुभयो ।


समाजिक सुरक्षा भता प्रदान कार्यक्रमा उपाध्यक्ष गिता देवी महतो,वडा नं ३ का वडाध्यक्ष सिताराम महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु प्रसाद साह, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं ४ का वडा अध्यक्ष राजिब सिंह दनुवार ,गाउँकार्यपालिका सदस्य, गाउँ सभा सदस्य सीता देवी, लालबाबु साह,ईन्दला देवी साह,समाजसेवी महावीर महतो, रामछबिला साह,मोलाजिम मन्सुर , मनसिप महतो,पुर्व वडा नं ४ का वडा अध्यक्ष जग्दिश साह लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रमको उदघोषण पचुलाल माझीले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.