१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बारा क्षेत्र न.३ मा लालबाबु सिंह लोकप्रीय बन्दै – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बारा क्षेत्र न.३ मा लालबाबु सिंह लोकप्रीय बन्दै

कलैया, १९ असोज ।मंसिर ४ गते हुनलागेको आम निर्वाचनको अब २ साता मात्रै बाकी छ। देशभरिका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरु प्रचार-प्रसारमा व्यस्त छ्न।
प्रचार-प्रसारकै क्रममा बारा क्षेत्र न.३ मा वाम-लोकतान्त्रीक गठबन्धनबाट उम्मेद्वार बनेका लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) का लालबाबु सिंह लोकप्रीय बन्दै गएका छ्न।
क्षेत्रका जनतामाझ स्वच्छ छवि बनाएका सिंहलाई जनसमर्थन बढ्दै गएपछी उनी आफु विजय हुने भनी ढुक्क छ्न।
दैनिक जनतामाझ गईरहेका सिंह सभ्य र सालिन नेताका रुपमा पहिचान बनाएका छ्न। पहिलो संविधानसभामा समानुपातिक सदस्य रहेका उनी बेदाग नेताका रुपमा चिनिन्छ्न।
नेपाली कांग्रेस बाराको जिल्ला सभापती भईसकेका सिंह उम्मेद्वार मोनोनयपत्र दर्ता गर्ने दिन लोसपाको उम्मेद्वार बनेपछि उनलाई गठबन्धनका दल मात्रै नभई नेकपा एमाले र जसपाका समर्थकहरुले समेत साथ दिने निश्चित भएको छ।
अन्य उम्मेदवारहरु यसअघि पनि बारा ३ को प्रतिनिधित्व गरिसक्दा समेत बिकाश तथा परिवर्तनको महसुस गर्न नपाएपछि यसपाली सिंहलाई आफ्नो क्षेत्रको सांसद बनाउन आतुर रहेको स्थानिय नागरिकहरुले बताईरहेका छ्न।
बारा क्षेत्र न.३ बाट जनता समाजवादी पार्टी (जसपा) का रामबाबु कुमार यादव पुन: उम्मेद्वार छ्न, उनी वर्तमान सांसद समेत हुन। नेकपा एमालेबाट भने यसअघि बारा ३(क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित ज्वाला साह उम्मेद्वार छिन। २०७० सालको आम निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकी साह नेकपा विभाजनका बेला एमाले रोजेकी थिईन। माउ पार्टीले उनलाई कारवाही गरेर निकालेपछी करिब २ वर्ष सो क्षेत्र प्रदेशसभा सांसद विहिन थियो। संसद विघटनपछी ओलि सरकारमा केन्द्रीय मन्त्री बनेकी साह सो अगाडि समेत २ पटक केन्द्रीय मन्त्री बनेकी थिईन। ३ पटक मन्त्री बन्दा समेत क्षेत्रको लागि खासै काम गर्न नसकेकी साहका समर्थकहरुनै सिंहको साथमा लागेपछी उनी कमजोर बनेकी छिन।
यता जसपाबाट सांसद जितेर पुन: उम्मेद्वार बनेका यादवले विगतको ५ वर्षमा आफ्ना आसेपासे कार्यकर्ताको पोषण गर्नमा मात्रौ व्यस्त रहेको तथा परिवारवादमा लिन भएको भन्दै उनको घरदैलो कार्यक्रम तथा चुनावी सभाहरुमै खुल्ला विरोध हुनथालेपछी उनी तनावमा परेका छ्न।
क्षेत्र न.३ भित्रै पर्ने विवादित ‘टाङ्गीय वस्ती’मा संसदिय कोषको रकम दुरुपयोग गरि बिजुलिको पोल गाडेपछी उनको बिरोधको आगोमा थप घ्यु थपिएको जानकारहरु बताउंछ्न।
चुनावको मुखमा अन्तराष्ट्रीय विमानस्थलका लागि सरकारले खाली गराउन लागेको ‘ईलिगल कब्जा’ वस्तिमा भोटको राजनितिकालागि पोल गाडेको भन्दै उनको चौतर्फी आलोचना भईरहेको छ।
यता साह र यादवभन्दा अलग सफा छविका सिंह आम नागरिकको रोजाई बन्न पुगेका छ्न। युवा, बुद्धिजिवी, व्यापारी, महिला तथा हरेको वर्गको सहयोग पाईरहेका सिंहको लोकप्रीयता बढेसंगै आउने दिनमा क्षेत्रको चौतर्फी विकाश हुने भनी यहाँका जनता ढुक्क छ्न।
गठबन्धनका साझा उम्मेद्वार सिंहले पनि आफू निर्वाचित भए सर्वप्रथम राजनितिक कारणले रुकेको मानवत-मटिअर्वा सडकखण्ड अन्तर्गतको औधापुर-विश्वम्भरपुरको सडक निर्माण गराउने तथा कलैयामा ठुला-ठुला योजनाहरु संचालनमा ल्याउने घोषणा समेत गरेका छ्न।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.