१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सहकारी दिगोपनाका लागि शेयर सदस्य सक्रिय – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सहकारी दिगोपनाका लागि शेयर सदस्य सक्रिय

प्रेमनाथ पौडेल
नवलपुर । सहकारी संस्थाको दिगोपनाको लागि संस्थाका शेयर सदस्य सदैब चनाखो र सक्रिय त्यस्तै कार्यसमिति  दिर्धकालिन सोच भएका हुनु पर्ने सहकारीका बक्ताहरुले बताएका छन ।

शनिवार जिल्लाको उत्तरी क्षेत्र  लालबन्दी १नवलपुरमा रहेको नेत्रगन्ज महिला बचत तथा ॠण सहकारी संस्थाको २१औ बार्षिक साधरण सभाका बक्ता हरुले सभामा  शुभकामना मन्तव्यका क्रममा यस्तो बताएका हुन ।

सहकारीले बचत र ॠणको कारोबार मात्रै होइन शेयर सदस्य लाई उधमी र उत्पादन मुलक काममा लगाउन र सस्थालाई दिगोपना र चलायमान बनाउन सदैब सदस्य संस्थाको कारोबारमा सक्रिय भुमिका खेल्न चनाखो रहनु पर्ने त्यस्तै संचालक समितीले दिर्धकालिन सोच राखेर सहकारीको मुल्यमान्यताको साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।

संस्थाकी अध्यक्ष मन्दिरा आचार्य चालिसेको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा भएको साधरण सभामा संस्थाकी सचिव भबिता ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु हुँदै आर्थिक बर्ष २०७८/७९ मा संस्थाले ७ करोड ३१लाख ४८हजार २सय८४रुपैयाको  कारोबार गरि २०लाख २८हजार ४सय २१रुपैया खुदमुनाफा गरेको जानकारी दिनु भयो ।

यसै बिच सभाको अवसर मा सस्थामा आवद्ध रहि  कारोबार गर्ने  असल ॠणि  उत्कृष्ट बचत कर्ता लाई दोसल्ला र करुवा , चार जना जेष्ठ सदस्यलाई  दोसल्ला र पौष्टिक खानेकुरा ४जना उत्कृष्ट बालबचत कर्ता लाई स्टेशनरी समान  प्रदान गरि सम्मान गरिएको संस्थाकी ब्यबस्थापक तुलसी कुमारी  पौडेलले बताउनु भयो ।

त्यस्तै साधारण सभाकै अवसरमा संस्थालाई विभिन्न समयमा सहयोग पुर्याई हालको अवस्था सम्म ल्याईपुर्याउन सहयोग पुर्याउनु हुने सामाजिक अभियन्ता माधब अधिकारी ,मनोज अधिकारी लाई  कदर पत्र र दोसल्ला बाट सम्मान गरिएको छ ।

संस्थाकी उपाध्यक्ष मुना चापागाईको स्वागत र कार्यसमिति सदस्य अप्सरा उप्रेतीको संचालन रहेको साधारण सभामा  ग्रामिण बचत तथा ॠण सहकारी कि उपाध्यक्ष कमला चालिसे ,समाजसेबी मनोज अधिकारी लालबन्दी वडा नम्बर १का वडा अध्यक्ष हरिहर भट्टराई ,जिल्ला बचत तथा ॠण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे ,नगर उपप्रमुख कल्पना पाख्रीन लगायतले सहकारीको मुल्यमान्यताका बारेमा आ आफ्नो धारणा राख्नु भएको उपाध्यक्ष चापागाईले बताउनु भयो ।

२०५८ साल श्रावण २६गते ३६ सदस्यको ३ हजार छ सय रकम बाट संचालन भएको संस्थामा हाल १ हजार १सय १७ जना सेयर सदस्य रहेका छन ।

यस्तै सस्थाले बचत तथा ॠणका साथै शेयर सदस्यहरु लाई आत्मानिर्भर बनाउन बिभिन्न सिपमुलक कार्यक्रम शेयर सदस्यहरु लाई सहकारी शिक्षा ,सहकारी तिर्घ तथा अबलोकन भ्रमण र सामाजिक गतिबिधी समेत सहभागिता गराउदै आएको बताईएको छ ।

त्यस्तै मधेशप्रदेशमा उत्कृष्ट सहकारीको रुपमा भुमी ब्यबस्था तथा कृषि सहकारी मन्त्रालय बाट २०७८ मा नेत्रगंन्ज महिला बचततथा ॠण सहकारी संस्था सम्मानित भएको संस्थाले जनाएको छ ।कार्यक्रममा क्षेत्र नम्बर १ ख की निबर्तमान प्रदेश सदस्य बेची लुङ्गेलिको समेत सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.