१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही–२ (क)मा स्वतन्त्र उम्मेदवार डा. अधिकारीको र्चचा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही–२ (क)मा स्वतन्त्र उम्मेदवार डा. अधिकारीको र्चचा

सर्लाही,१८ कार्तिक। मसिंर ४ गते हुने निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्यमा स्वतन्त्र युवा उम्मेदवार डा. बिरेन्द्र प्रसाद अधिकारीको क्षेत्रभरी नै चर्चा हुन थालेको छ । स्वतन्त्र युवा उम्मेदवार अधिकारी अहिले मत माग्न घरदैलोमा व्यस्त छन ।

सर्लाहीको क्षेत्र नम्बर २ को (क) मा सत्ता गठबन्धन बाट सुनिल साह( हसिया हथौडा), जगींलाल राय (रुख), एमाले जसपा गठबन्धनको किसुनदेव राय(सुर्य),जनमत पार्टीको भरत चौधरी(हर्न) छापमा पार्टीगत उम्मेदवारको नाम मुख्य र्चचामा रहेको छ ।

त्यस्तै स्वतन्त्र तर्फ प्रदेश सभा सदस्यमा युवा नेता डा. अधिकारीको (लालटेन) तथा पुर्व मन्त्री रामनरेश राय(जेब्रा) छापमा मुख्य चर्चित अनुहारको जनता माझ चर्चा हुन थालेको छ । दलगत उम्मेदवारहरुको कडा प्रतिस्पर्धा बिच स्वतन्त्र उमेद्वार युवा तथा बिकास प्रेमी भएकोले सर्लाही क्षेत्र नम्बर २ कोे (क)मा डा अधिकारी युवाहरु बिच निकै नै लोकप्रिय बनेको छ ।

युवा उम्मेदवार डा. अधिकारी चिकित्सा पेसा गर्दै आउनु भएको थियो । उहाँ चाइना बाट एम बि बि एस उतिर्ण गर्नुभएको थियो । हाल चिकित्सा पेसा छोडेर राष्ट्र निर्माण गर्न आफु राजनितीमा उत्रेको डा. अधिकारीले बताउनुभयो ।

डा. अधिकारी बिगत ४ बर्ष देखि समाज सेवा तथा नगर बिकासमा सक्रिय रहेको छ । सर्लाहीको हरिपूर्वा नगरपालिका– ५ मा स्थायी घर रहेको अधिकारीले आफुलाई जनताले मतदान गरि बिजयी बनाएर प्रदेशमा पठाए पछी सम्पुर्ण क्षेत्र लगायत देश समृद्ध बनाउन लागि पर्ने उहाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.