१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
गठबन्धनका उम्मेदवारहरु भारी मतले जितने छ : ध्रुव्र रिजाल – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

गठबन्धनका उम्मेदवारहरु भारी मतले जितने छ : ध्रुव्र रिजाल

रौतहट,२६कार्तिक । नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवसहित गठबन्धनका उम्मेदवारले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारी मतले जित हासिल गर्ने नेपाली कांग्रेसका मधेस प्रदेश समिति सदस्य ध्रुव रिजालले बताएका छन् ।

शुक्रवार गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा गठबन्धनद्वारा आयोजित चुनावी सभामा सहभागी हुन पुगेका युवा नेता रिजालले गठबन्धनका उम्मेदवार यादव तथा गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढेकाले जित सुनिश्चित रहेकाले बताए ।

उनले सर्लाही क्षेत्र नं. १ मा पनि गठबन्धनका साझा उम्मेदवार रामप्रकाश चौधरीले संघीय सांसद ,बेची लुङ्गेलीले प्रदेश (ख) र उप्रेन्द्र महतोले (क) मा भारी मतका साथ जित हासिल गर्ने बताए । नेता रिजालले नेपाली कांग्रेसले समग्र सर्लाही सहित मधेस प्रदेमै समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्ने बिस्वास व्यक्त गरे ।

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रुपमा आतुर रहनुले पनि गठबन्धनकले जीतने आधार तय भएको उनको बुझाई छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले गरेका राम्रा काम र नेपाली कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक शक्ति भएका कारण जनताले कांग्रेसलाई रुचाउनु स्वभाविक रहेको नेता रिजालको तर्क छ ।गठबन्धनको भावनालाई बुझेर सबैले उम्मेदवारलाई जिताउने तर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

प्राप्त उपलब्धिको रक्षा गर्दै , संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि पनि वर्तमान सत्ता गठबन्धनका उम्मेदवारहरू विजय हुनुपर्ने उनको तर्क छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.