१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही–३ (ख)मा स्वतन्त्र उमेद्वार समाजिक अभियन्ता रायको चर्चा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

सर्लाही–३ (ख)मा स्वतन्त्र उमेद्वार समाजिक अभियन्ता रायको चर्चा

सर्लाही,१८ कार्तिक। मसिंर ४ गते हुने निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्यमा समाजिक अभिन्ता सरोज रायको चर्चा हुन थालेको छ । समाजिक अभियन्ता राय सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । रायले लालटिन चुनाव चिन्ह पाएका छन् । समाजिक अभिन्ता राय अहिले घर दैलो कार्यक्रममा व्यस्त छन ।

समाजिक अभियन्ता राय अहिले युवाहरु देखि बृद्धबृद्धा माझ लोकप्रिय हुदैँ गएको छ । घरदैलोको क्रममा राय सँग युवाहरु निकै नै प्रभावित बनेको छ । समाजिक अभियन्ता रायले आफुले जनताको आर्थकि प्रगती र समृद्धीको लागि मैले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएको बताउनुभयो ।संवधिानको रक्षा, मधेश प्रदेश ,देशको विकास, जनताको आर्थकि प्रगती र समृद्धी मेरो मुख्य मुख्य मुद्दा रहेको समाजिक अभियन्ता रायले बताउनुभएको छ ।

नेपालमा पछिल्लो समय दलिय प्रणाली प्रति जन्ताहरु असन्तुष्ट भएको हुदाँ पनि आफनो जित सुनिच्छित भएको अभियन्ता रायले दाबी गर्नुभयो । सामाजिक अभियन्ता राय समाजमा परिचित अनुहार हुन । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् । अभिन्ता रायले पहिलो पटक समाजिक काम गरेको भन्दै मधेशको छोरो भएर पनि पहाडमा सम्मानित बनेका थिए । समाजिक अभियन्ता रायको प्रतिस्पर्धा समग्रमा हेर्दा (ख) प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसबाट हरेश महतो र जन्ता समाजवादी बाट उम्मेदवार बनेका संजय कुमार यादव बिच प्रतिस्पर्धा हुने भएको छ ।

अहिले सर्लाहीमा दलप्रतिको बितृष्णा बढदै गएको समयमा समाजिक अभियन्ता रायले स्वतन्त्र उम्मेदवारी दिए पछी रायको चर्चा क्षेत्र नं. ३ मा व्यापक हुने गरेको छ । क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दल संघीय संसदका लागि नेकपा माओवादीबाट नरेन्द्र साहलाई टिकट दिएको छ भने प्रदेश सभा सदस्यीयको लागि (क) बाट एकीकृत समाजवादीबाट दिल्ली उप्रेती र (ख ) बाट नेपाली काँग्रेसका हरेश महतोलाई टिकट दिएर गठबन्धन दलले उम्मेदवार उठाएको छ । यसैगरी नेकपा एमाले र जसपाका गठबन्धन बाट संघिय सांसदमा एमाले बाट हरि उप्रेती, (क) प्रदेशमा एमलै बाट गणेश प्रसाद प्रसाई र (ख) प्रदेश सभा सदस्यका लागि संजय कुमार यादवले उम्मेदवारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.