१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अफुलाई बदनाम गर्ने प्रयास मात्र गरियो : पूर्व आमन्त्रित केन्द्रिय सदस्य श्रेष्ठ – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

अफुलाई बदनाम गर्ने प्रयास मात्र गरियो : पूर्व आमन्त्रित केन्द्रिय सदस्य श्रेष्ठ

लालबन्दी,२७ कार्तिक । नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य एवं नेपाल सरकारका पूर्व पशुपंक्षि विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठले आफुलाई बदनाम गर्ने प्रयास गरिएको बताउनुभयो । शुक्रवार नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ समितिले पूर्व आमन्त्रित केन्द्रिय सदस्य श्रेष्ठलाई पुुःन कारवाहीको लागि सिफारिस गरेको पत्रलाई खण्डन गर्दै नेता श्रेष्ठले आफुलाई बदनाम गर्ने हिसाबले अनरगल आरोप मात्र लगाएको हुदाँ दोषि उपर कार्वाही गर्न नेपाली कांग्रस जिल्ला कार्य समितिलाई पत्र लेखेको छु ।

आफुलाई मानहानी गर्ने केहि व्यक्तिको नियत भएको हुदाँ आवश्यक कार्यवाही अगाडी बढाईदिन नेपाली कांग्रेस जिल्ला कार्य समिती, मलगंवा सर्लाहीलाई पत्र लेखेको छु नेता श्रेष्ठले निगरानी टुडेलाई भन्नुभयो । नेपाली काँग्रेस क्षेत्र नं. १ सर्लाहीले शुक्रवार जिल्लालाई सम्बोधन गरी आफु माथी मानसम्मान चोट पु–याउने उदेश्यका साथ कार्यवाहीको पत्र लेखेको हुदाँ दोषी उपर छानबिन गरी कार्यवाही अगाडी बढाइ दिन नेता श्रेष्ठलेले नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई निवेदन लेखनु भएको छ ।

आफुलाई पटक–पटक क्षेत्रिय सभापती हरी बहादुर लुङ्गेलीले अकर्यमन्यतालाई बुझी २\४ जना अन्तरघातीहरुको उक्साहटमा लागी बदनाम गराउने प्रयास गरेको हुदाँ सम्बन्धित निकायलाई कार्वाहीको लागि पत्र लेखेको पूर्व राज्यमन्त्री श्रेष्ठले बतबाउनुभयो । मलाई केन्द्रिय सभापती बाट समानुपातिक तर्फ मत माग्न प्रचार प्रसार गर्न निर्देशन र केन्द्रिय प्रचार प्रसार विभाग संयोजकबाट समग्र मधेश प्रदेस तर्फ लाग्न फोनबाट समेत निर्देशन प्राप्त भएको अवस्थामा यस्तो अफवाह फैलाउनु दुःखद भएको नेता श्रेष्ठले बताउनुभयो ।

सर्लाही निर्बाचन क्षेत्र नं. १ बाट सिफारीस भएको समानुपातिक उमेदवारद्घय सर्मिला थापा र लक्ष्मी गोलेलाई म डेंगुबाट सन्चो भएदेखिनै पटक–पटक सम्बन्धित क्षेत्रको बैठक राख्न आग्रह गरेको छु नेता श्रेष्ठले भन्नुभयो । गत यही कार्तिक २३ गते प्रस्तावित निज उमेदवारहरुले ईश्वरपुर नगरपालिका वडा नं १३ र १४ पुर्व तर्फबाट सामानुपातिक प्रचार प्रसार थालनी गर्न तयारी गरीसकेको अबस्थामा राती करीव ९\१० बजे प्रदेस क्षेत्र क,ख र क्षेत्रिय सभापती समेतको संयुक्त दस्तखत गरी निर्देशनात्मक आदेस सामाजिक संजालबाट जारी गरी र फोनबाट समेत सम्बन्धित वडा सभापती लगायत अन्य कार्यकर्ताहरुलाई क्षेत्रिय सभापती हरी बहादुर लुङ्गेली र प्रमोद बरालद्घारा कुनै हालतमा सामानुपातिकको प्रचार प्रसार नगर्न र नगराउन दबाब दिएको विषय पनि स्पष्ट भएको नेता श्रेष्ठले दाबी गर्नुभयो ।

मलाई समेतलाई उपरोक्त वडाका साथीहरुले जानकारी गरी कार्यक्रम स्थगित गरेको हुदाँ कस्तो नियत हो जिल्लाबाट बुझदाँ जानकारी हुनेनै छ तसर्थ आफु आफ्नै पार्टीको प्रचार प्रसार गर्न नदिने उलटै ममाथि अनरगल आरोप लगाई क्षेत्रिय कार्य समिति र महाधिवेसन प्रतिनिधिहरुलाई पुनः झुक्याई, बैठकै नराखी माईन्यूट घुमाएर किर्ते सहिछाप समेत गरी ताहाँ निबेदन गएको भन्ने जानकारी हुदाँ स्थानिय निर्बाचन २०७९ देखि कस कसले पार्टीको अहित हुने कार्य गरेको छ वास्तविक गहिराई सम्म बुझी सत्य तथ्य पत्ता लगाई गलत गर्ने माथी कार्वाही प्रक्रिय अगाडी बढाईदिन हुन नेता श्रेष्ठले जिल्ला कार्य समितिलाई पुनः निवेदन दिनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.