१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मादक पदार्थ बिक्री वितरण गर्न निषेध – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा मादक पदार्थ बिक्री वितरण गर्न निषेध

मलंगवा,२७ कार्तिक । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सर्लाहीमा आइतवार बाट मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।

आइतवार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी द्धारा हस्तक्षारित पत्रमा मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ ,निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न मादक पदार्थ सेवन बिक्री वितरण र सेवन गर्नमा रोक लगाइएको पत्रमा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम स्थानीय प्रशासन ऐन, २०७८ को दफा ६ अनुसार आइतवारबाट लागु हुने गरी र्निाचन सम्बन्धी कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, बिक्री वितरणर सेवन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

कोहि कसैले यो सूचनाको उलंघन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही समेत हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.