१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राजेन्द्र महतोलाई मतदान गर्न विष्णु गापा अध्यक्ष जवाहरलाल यादवको अपिल – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

राजेन्द्र महतोलाई मतदान गर्न विष्णु गापा अध्यक्ष जवाहरलाल यादवको अपिल

सर्लाही, २९ कात्तिक । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको साँझा उम्मेदवार सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोलाई मतदान गर्न विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादवले अपिल गर्नु भएको छ ।

विष्णु गाउँपालिकामा मंगलवार आयोजित चुनावी सभालाई नेपाली कांग्रेस र लोसपाका साँझा उम्मेदवार महतोलाई मतदान गर्न नेपाली कांग्रेसका नेता कार्यकर्ता आफ्ना समर्थक र जनतासंग उहाँले आग्रह गर्नुभएको छ ।

कम्युनिष्टका कारण यहाँ केही परिवर्तन नहुने तर्क गर्दै गापा अध्यक्ष लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्नुभएको हो । गठबन्धन भित्र रहेका नेकपा माओवादी अध्यक्ष प्रचण्ड चुनावपछि कुन कदम चाल्ने हो त्यसको ठेगान नभएका कारण नेपाली कांग्रेस र लोसपाका उम्मेदवारलाई मतदान गर्न उहाँले बताउनुभयो ।

अधिकार पहिचानको लागि आफ्ना योगदान दिएका र पहिचान बादी नेताको रुपमा परिचित लोसपाका वरिष्ठ नेता महतोलाई साईकल छापमा मतदान गर्न गापा अध्यक्ष यादवले सबैसंग अनुरोध गुर्नभएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.