१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
विद्यार्थीको प्राथमिक उपचार गर्न शिक्षकलाई तालिम – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

विद्यार्थीको प्राथमिक उपचार गर्न शिक्षकलाई तालिम

सर्लाही, फागुन ४ । सर्लाहीको हरिवनमा शिक्षक तथा स्कुल नर्सहरुका लागि आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको आँखा, नाक, कान, घाँटी तथा मुख सम्बन्धी समस्या पहिचान गरी प्राथमिक उपचार गर्न सक्षम बनाउने उदेश्यका साथ नगर स्वास्थ्य शाखा हरिवनको आयोजनामा विभिन्न विद्यालयका शिक्षक तथा स्कुल नर्सहरुका लागि प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको हो ।

नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानको अध्यक्षतामा भएको तालिमको सहजीकरण सासापुर स्वास्थ्य केन्द्रका प्रमुख डा। विजय साहले गरेका थिए । तालिममा नगर शिक्षा शाखाका प्रमुख उपसचिव नवराज निरौला, नगर स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, सह–संयोजक रामबाबु चौधरी, श्रीमती माईरानी मिक्चनी माविका प्रधानाध्यापक बासुदेव साह लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै हरिवन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, फोकल टिचरहरु, स्कुल हेल्थ नर्सहरुको सहभागिता रहेको थियो ।

नगरका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको आँखाको दृष्टि जाँच गर्न स्नेलन चार्ट र टर्च लाईट, कान जाँच गर्न ओटोस्कोप र ट्यूनिङ फर्क, इक्जामिनेशन बेड, इमरजेन्सी मेडिसिन, फस्टएड बक्स, वेट मेसिन, हाईट नाप्ने यन्त्र तालिम पुर्व नै पठाईसकिएको जानकारी दिँदै नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले ती सामाग्रीहरुको प्रयोग गरी विद्यार्थीहरुको आँखा, नाक, कान, घाँटी तथा मुखको स्वास्थ्य जाँच कसरी गर्ने भनेर शिक्षकहरु र स्कुल नर्सहरुलाई सिकाईएको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.