३१ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको विभिन्न ठाउँमा विवाद, धनकौलमा भने गोलि चल्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीको विभिन्न ठाउँमा विवाद, धनकौलमा भने गोलि चल्यो

सर्लाही,३० वैशाख । स्थानिय तह सदस्य पदका लागि आज भैरहेको मतदान कार्यमा सर्लाहीको विभिन्न ठाउँमा विवाद भएको छ । सर्लाहीको धनकौल गाउँपालिका, कौडैना गाउँपालिका, रामनगर गाउँपालिका र गोडैता नगरपालिकामा पनि विवाद भएपछि केहि ठाउँमा दुई समुह बिच झडप नै भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिका वडा नं. २ स्थित पशु सेवा केन्द्र मतदान केन्द्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच मतदान केन्द्रहरुमा आ– आफनो प्रतिनिधि राख्ने विषयमा विवाद भएपछि झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । झडप भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको प्रजिअ गौतमले बताउनुभयो । प्रहरीले झडप नियन्त्रण गर्न ५÷६ राउण्ड हवाई फाएर गरेको थियो ।

अहिले मतदान केन्द्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना परिचान गरिएको छ । नेपाली सेनाको हेलिकप्टर समेत राखिएको छ । स्थिति नियन्त्रणमा आइसक्दा पनि धनकौलका निर्वाचन अधिकृत केहि हद सम्म त्रसित भएको हुदाँ मतदान कार्य भने सूचारु नभएको प्रजिअ गौतमले जानकारी दिनुभयो ।

यसैगरी कौडेना गाउँपालिका वडा नं. ६ स्थित रहेको श्री जनता आधारभूत मतदान केन्द्रमा समेत नेपाली कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद पछि झडप भएको थियो । झडपछि एक छिन रोकिएको मतदान कार्य भने अहिले सूचारु भएको छ । यसैगरी बलरा नगरपालिका वडा नं.१मा विवादका कारण मतदान कार्य अवरुद्ध भएको थियो ।

गोडैता नगरपालिका वडा नं. २ स्थित आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा लोसपा,कांग्रेस, माओवादी बिच समान्य विवाद पछि एकछिन मतदान कार्य रोकिए पनि अहिले भने सूचारु भएको छ । दुई चार ठाउँ बाहेक सर्लाहीको ३ सय १८ वटै मतदानस्थलमा शान्तिपूर्ण मतदान कार्य भैरहेको प्रजिअ गौतमले बताउनुभयो । यसैगरी ३ सय १८ मतदानस्थलमा १ सय ३ अति संवेदशिल र १ सय ८४ संवेदनशिल रहेको छ। केहि ठाउँ भौगोलिक विकटताको कारण र केहि सुरक्षाको कारण अतिसंवेदशिल मतदान स्थल तोकिएको हो । ५ बजे सम्म ८० प्रतिशत मत खसिसक्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.