६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्थानीय पुरस्कारको राशिमा वृद्धि – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्य कलास्थानीय

स्थानीय पुरस्कारको राशिमा वृद्धि

लालबन्दी। लालबन्दी नगर वाङ्‌मय परिषद्ले स्थानीय प्रतिभा पुरस्कारको राशि वृद्धि गरेको छ।

लालबन्दी नगर वाङ्‌मय परिषद्को आज बसेको बैठकले लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार स्थानीयतर्फको राशि रु.२५ हजार पुर्‍याएको छ।

परिषद्ले उक्त पुरस्कारको राशि १० हजारबाट २५ हजार पुर्‍याएको हो।

परिषद्ले आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्‍न गरेका सम्पूर्ण गतिविधि समेटी वार्षिक प्रतिवेदन लालबन्दी नगर कार्यपालिकाको कार्यालयमा पेस गर्ने, आ.व. २०८१/०८२ का नीति तथा कार्यक्रम तर्जुमा, २०८१ मा प्रदान गरिने पुरस्कारका लागि छनोट तथा सिफारिस समिति गठनलगायतका निर्णयहरू गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button