१४ असार २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटमा कानूनी सचेतना कार्यक्रम सम्पन्न  – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाजस्थानीय

रौतहटमा कानूनी सचेतना कार्यक्रम सम्पन्न 

प्रदीप कुमार दास, रौतहट ।

आषाढ ०८ गते , शनिबार ।

रौतहट जिल्लामा कक्षा ८,९ र १० का विद्यार्थीहरुको लागि कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।कानुनी समाज केन्द्र नेपालले गरुडा नगरपालिकामा अवस्थित नमुना माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का विद्यार्थीहरुको लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरेको थियो ।

आफ्नै आर्थिक सहयोगमा कानूनी समाज केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा संस्थाका सम्पूर्ण सदस्य एवम् नमुना माध्यामिक विद्यालयका केही शिक्षक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा यस संस्थाका अध्यक्षले राष्ट्रको हरेक व्यक्तिले आफ्नो अधिकारको कानुनी व्यवस्थाको बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उनले आफ्नो संस्थाको माध्यमले हरेक नगर, गाउँ टोल समेतमा यस्तो कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.