११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
धनकौल गाउँपालिका उपाध्यक्ष सहनी द्वारा गाउँसभा बहिष्कार – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

धनकौल गाउँपालिका उपाध्यक्ष सहनी द्वारा गाउँसभा बहिष्कार

सर्लाही,७ असार । सर्लाहीको धनकौल गाउँपालिकाको गाउँसभा गाउँपालिकाकी उपाध्यक्ष अकली सहनीले बहिष्कार गरेकी छन ।धनकौल गाउँपालिका द्धारा शुक्रवार आयोजित १३ औं गाउँ सभा उपाध्यक्ष सहनीले बहिष्कार गरेको घोषणा गरेकी छन ।

उपाध्यक्ष सहनीले धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहले गाउँपालिकामा आफ्नो मनपरी गरेको, आफ्नो अधिकार बाट बञ्चित गरेको, राजस्व दर निर्धारण बिनै गाउँसभा गर्न खोजेको आरोप लगाउँदै गाउँसभा बहिष्कार गरेकी छन । उनले उपाध्यक्ष धनकौलको होइन भनेर प्रश्न गर्दै गाउँसभामा आफुलाई मान मर्दन गर्ने गरी निम्तो गरेको बताइन् । आफुले कसैको पैतृक सम्पती मागेको होइन, अधिकार मात्र मागदा गाउँपालिका अध्यक्ष रामआश्रय साहले मलाई कुल्चेर हिडेको हुदाँ गाउँसभा बहिष्कार गरेको उपाध्यक्ष सहनीले निगरानी टुडे सँग कुराकानी गर्दै बताइन ।

उनले आफु अन्याय परिरहदाँ पुर्व मन्त्री तथा मधेश प्रदेशका प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंहले पटक पटक निजी निवासमा बोलाई कुनै छलफल नै नगरी आफ्नो अपमान समेत गरेको बताइन् ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button