१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मतदाताहरुमा उत्साह – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा मतदाताहरुमा उत्साह

सर्लाही,४ मंसिर ।सर्लाहीमा मतदाताहरुमा उत्साह छाएको छ । प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत आज सर्लाहीमा शान्तिपूर्ण रुपले मतदान भैरहेको छ । सर्लाहीको निर्वाचन क्षेत्र १ चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंज स्थित दुर्गा खोभारी जन्ता माविमा रहेको मतदान केन्द्रमा आउने मतदाताहरुमा उत्साह छाएको छ । मतदाता बिक्रम दासले आफुले मन पराएको उम्म्ेदवार रोज्न मतदान गर्न उत्साहित भएर नै मतदान गर्न आएको बताउनुभयो । यतिबेला मतदाताहरु लाइनमा बसेर पालो अनुसार मतदान गरिरहनु भएको छ भने जेष्ठ नागरिक अपाङ्गता भएको व्यक्तिहरु लाइन नबसकनै मतदान गरिरहनु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।


सर्लाहीका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेका अनुसार जिल्लाभरी मतदाताहरुमा उत्साह छाएको छ, हरेक मतदान केन्द्रहरुमा मतदाताको भिड लागेको उहाले बताउनुभयो ।
सर्लाहीमा ३ सय १२ मतदान स्थलहरुमा ६ सय मतदान केन्द्र र ३ स्थाई मतदान केन्द्र गरी ६ सय ३ मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान कार्य भैरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभएको छ ।


क्षेत्र नं. स्थित रामनगर गाउँपालिकामा समान्य विवाद भए पनि अहिलो शान्तिपूर्ण रुपमा मतदान कार्य भैरहेको प्रजिअ गौतमले जानकारी दिनुभयो । सर्लाहीमा प्रतिनिधि सभाका लागि ६९ जना र प्रदेश सभामा १ सय ३३ जनाको उम्मेदवारी परेको छ । सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेको छ ।

जस मध्ये पुरुष मतदाताको संख्या २ लाख ५९ हजार ४ सय १४ रहेको छ भने महिला मतदाताको संख्या २ लाख १९ हजार ६ सय १४ रहेको छ । यसैगरी अन्यलिङ्गी मतदाताको संख्या १० रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


सर्लाहीको क्षेत्र नं. १ मा १ लाख २२ हजार ४ सय ८७, क्षेत्र नं. २ मा १ लाख १६ हजार २ सय २३, क्षेत्र नं. ३ मा १ लाख २७ हजार ८ सय ३४ र क्षेत्र नं. ४ मा १ लाख १२ हजार ४ सय ९४ जना मतदाताको संख्या रहेको छ ,।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.