१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाही क्षेत्र नं -१,मा प्यानल सहित रामप्रकाश चाैधरी विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

सर्लाही क्षेत्र नं -१,मा प्यानल सहित रामप्रकाश चाैधरी विजयी

सर्लाही, ८ मंसिर ।सर्लाही क्षेत्र नम्बर १ बाट सत्ता गठबन्धन दलका उम्मेदवार रामप्रकाश चौधरी प्यानल सहित विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट चुनाव लड्नु भएका चौधरीले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

चौधरीले २४ हजार ८३८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी खड्काले १८४०४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रमोद सहा तेस्रो स्थान रहुनुभयो। साह त्यसै क्षेत्रका निवर्तमान संसद हुनुहुन्छ ।

यसैगरी सत्ता गठबन्धन दलकै मधेस प्रदेश सदस्यमा उपेन्द्र महतो र वेची लुंगेली निर्वाचित हुनु भएको छ । क्षेत्र नं. १ प्रदेश सभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार महतो १२२६५ मत प्राप्त निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामचन्द्र सिंह कुशवाहालाई पराजित गरेका छन । कुशवाहाले १०१३७ मत प्राप्त गर्नुभएको थियो ।कुशवाहा र महतो बिच मित्रबद्ध प्रतिस्पर्धामा रहेका थिए ।

त्यस्तै क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुंगेली १३ हजार ६७६ मत ल्याएर प्रदेशसभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.