११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा आठौ राष्ट्रिय उधोग दिवस मनाइयो

सर्लाही,९ मंसिर ।सर्लाहीमा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ ।शुक्रवार घरेलु तथा साना उधोग कार्यलयको आयोजना तथा घरेलु तथा साना उधोग कार्यलय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षतामा अौधोगिक लगानी र पूर्वाधार समृद्धिको बलियो अधार मुल नाराका साथ हरिपुर नगरपालिकामा आठौ राष्ट्रिय उधोग दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी हरिपुरको सभाहलमा गरिएको कार्यक्रममा उधोग दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,निजि फर्म दर्ता गर्न लाग्ने राजस्व, वाणिज्य फर्म दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,उधोगको प्रकार, कार्यलय बाट प्रवाह हुने सेवाहरु लगायतका विभिन्न विषयमा चर्चा गरिएको थियो । त्यस्तै सर्लाहीमा १४ हजार १ सय ८१ उधोग फर्म दर्ता र १२हजार ६सय ९ वाणिज्य फर्म दर्ता रहेको घरेलु तथा साना उधोग कार्यलय मलंगवाले जनाएको छ ।

प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारीले नेपालमा उधोग धन्दा गर्न ग्राहो छ, कानुनी समस्या नभएर अन्य समस्या भएको बताउनुभयो ।
उधोगमा राजनीतिकरण र हाम्रो समाजले गर्दा उधोग धन्दा फस्टाउन नसकेको उहाले बताउनुभयो ।

नेपालमा उधम गरेर घर व्यवहार चलाउने व्यक्ति मलाई महान लागेको प्रजिअ गौतमले बताउनुभयो ।

नेपालमा उधम नगरेर युवाहरु विदेश जाने गर्दछ तर वैदेशिक रोजगारमा जाने युवाहरू नेपालमा काम गर्नेको तुलनामा खतम काम गर्ने गरेको प्रजिअ गौतमले बोल्नुभयो ।कतिपय उधोगीहरु कानुनी प्रक्रिया नजानेर डुबेको अवस्था पनि भएको प्रजिअ गौतमले भन्नुभयो ।
कार्यक्रममा उधोग दिवस मनाउन आएका ६५ जना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो भने ३ जना कर्मचारीलाई प्रशंसा पत्र समेत दिइएको उधम विकास सहजकर्ता राजेश रायले जानकारी दिनुभयो ।

कार्यक्रममा उधाोग वाणिज्य संघ लालबन्दी शाखाका महासचिव हिरा प्रसाद देवकोटा,उधाोग वाणिज्य संघ हरिपुरका सह- सचिव कृष्ण बहादुर थापा, उधोगीहरु लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.