३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बसबरीयामा महिला तथा लक्षित बर्गलाई ग्यास सिलिण्डर र चुलो बितरण गरिने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बसबरीयामा महिला तथा लक्षित बर्गलाई ग्यास सिलिण्डर र चुलो बितरण गरिने

बसबरीया,३० भदौ । सर्लाहीको बसवरीया गाउँपालिकामा महिला तथा लक्षित बर्गको लागि ग्यास चुलो र सिलिण्डर बितरण हुने भएको छ । भवानीपुरमा बिहिबार मुसहर महिला सशक्तिकरण मन्च बसबरीयाको आयोजनामा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया कार्यक्रममा बोल्नु हुदै गाँउपालिकाकी उपाध्यक्ष सरिता कुमारीले यस बर्षको महिला तथा लक्षित बर्गको बजेट ग्यास चुलो र सिलिण्डर बितरण गर्ने बताईन । उनले मुसहर समुदायको शिक्षा, चेतना अभिवृद्धिकालागी साप नेपाललाई धन्यवाद दिदै । आगामी दिनमा योजना तथा कार्यक्रमहरु दलित समुदायलाई लक्षित गरेर तयार पार्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
यसैगरी अन्डेफको सहयोगमा साप नेपालले नेपाल मुसहर संघ सँगको समन्वयमा संचालन गर्दे आईरहेको “नेपालमा स्थानिय सरकारमा लैगिंक उत्तरदायी सुशासन प्रवद्र्धन” कार्यक्रम अन्तरगत मुसहर महिला सशक्तिकरण मन्चले हाल सम्म गरेका प्रगती सम्वन्धी विवरण प्रस्तुत गरीएको थियो । बसबरीया गाँउपालिकाको सभा हलमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै समुहकी अगुवा मन्मा देवी माझीले मुसहर समुदायको घर जग्गा नहुदा समेत स्थानिय सरकारले बषौ देखी बेवास्ता गदै आएको बताईन । मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष सिता माझीले बिगतका दिनमा सूचना नपाएर स्थानिय सरकारको कार्यक्रम बाट बन्चितीकरणमा परेको, नेताहरुले आफु खुसी बजेट खर्च गर्ने गरेको बताइन । हाल आफुहरु समुहमा आवद्ध भएपछि ढुकक संग बोल्न सक्ने भएको, मुसहर महिलाहरुले कृषि समुह दर्ता गरेको, बैक खाता खोलर मासीक बचत गर्दै आईरहेको अध्यक्ष माझीले बताइन । दलित वडा सदस्य समेत रहेकी माझीले हाल मुसहर महिलाहरु आफ्नो समुदायको विकासका लागी योजना माग गर्दै वडा कार्यालय, कृषि, पशु कार्यालय र नगरपालिका जाने गरेको भए पनि स्थानिय सरकारले वेवास्ता गरेको बताईन ।

कार्यक्रममा साउथ एशिया पार्टनरशीप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले मुसहर समुदायमा गरिएको नागरीक प्रतिबेदन पत्रको सर्भेक्षणमा अनुसार ८५ प्रतीसत मुसहर समुदायमा लैगिंक उत्तरदायी वजेट वारे जानकारिनै नरहेको बताए । बसबरीयाका अधिकांस मुसहर बालबालिकाहरु जन्म दर्ता प्रमाण पत्र नभएको घर संगै जोडीएको बिद्यालय जान बाट बन्चित रहेको बताए । दैलोमा स्थानिय सरकार भएपनि गरिवको चुहिएको छानो र भत्केको झुपडी नदेखेको बताए ।

मुसहर अगुवा पचुलाल माझीले नितिगत पैरवी पत्र प्रस्तु गर्दै बिगत ५ बर्षमा मुसहर समुदायले गाँउपालिका बाट कुनै पनि सेवा सुबिधा नपाएको तथ्य सार्बजनिक गरेका थिए । कार्यक्रममा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख दुर्गा पौडेलले पालिकाले महिला तथा लक्षित बर्गको लागी हाल समम कुनै पनि बजेट नछुट्टाएको बताईन । बजेट छुट्टाए पनि आफुलाई जानकारी नभएको बताईन ।
मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष माझीको अध्यक्षता तथा गाँउपालिका उपप्रमुख सरिता कुमारीको प्रमुख अतिथ्यमा संचालन नगरिएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष, वडा सचिव, शिक्षा शाखा प्रमुख, योजना शाखा प्रमुख,कृषि तथा पशु शाखा प्रमुख,महिला बालबालिका शाखा प्रमुख,मिडियाकर्मी, नेपाल राष्ट्रिय मुसहर संघ तथा मुसहर महिला सशक्तिकरण मन्चका अगुवाहरु सहित ३९ जनाको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.