१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
हरिपुरमा आमसंचार पत्रकारीता तथा क्षमता विकास तालिम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुरमा आमसंचार पत्रकारीता तथा क्षमता विकास तालिम सम्पन्न

सर्लाही ,१६ मंसिर । हरिपुर नगरपालिकाको सहयोगमा मुनालआमसंचार पत्रकारीता तथा क्षमता विकास सामुदायिक संस्थाले आयोजना गरेको आमसंचार पत्रकारीता तथा क्षमता विकास तालिम बिहीबार सम्पन्न भएको छ।

हरिपुर नगरपालिका -५ को लक्ष्मीपुरमा संचालित प्रशिक्षण कार्यक्रममा लक्षित वर्गका १७ जना प्रशिक्षार्थीको सहभागी रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

सहभागी प्रशिक्षार्थीलाई कान्तिपुर दैनिकका पत्रकार ओमप्रकाश ठाकुरले प्रशिक्षण दिनुभएको थियो।सहभागी प्रशिक्षार्थीलाई हरिपुर नगरपालिका मेयर गोपाल पजियारले प्रमाणपत्र वितरण गर्नुभयो ।


समापन कार्यक्रम हरिपर नगरपालिका ५ का वडाध्यक्ष सुरेन्द्र चौधरी , नगरपालिका अधिकृत विनय पौडेल , लेखा अधिकृत भुपेन्द्र सिंह, वडा सचिव मिलन सुवेदीलगायतको सहभागीता रहेको थियो।

सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्दै मेयर पजियारले पत्रकार समाजको ऐना भएकाले सेवाको रुपमा पत्रकारीता क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो । नगरले पत्रकारीता ,क्षेमता विकास तथा युवा सशक्तीकरणको क्षेत्रमा थप कार्यक्रम संचालन गर्ने प्रशिक्षार्थीलाई आश्वासन दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.