१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मानव अधिकार रंक्षकको अवस्था तथा सवाल सम्बन्धि कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मानव अधिकार रंक्षकको अवस्था तथा सवाल सम्बन्धि कार्यक्रम सम्पन्न

सर्लाही,१४ मंसिर ।सर्लाहीको मलंगवा नगरपालिकामा मानव अधिकार रंक्षकको अवस्था तथा सवाल सम्बन्धि विषयमा जिल्ला स्तरीय छलफल कार्यक्रम गरिएको छ ।

सभ्य समाजको निर्माण लैंगिक हिंसा बिरुद्ध अभियान, महिला हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा उक्त छलफल गरिएको थियो ।

साथ साथ सिकाई संजाल सर्लाहीको आयोजना तथा नगमा खाणको अध्यक्षतामा जिल्लामा मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाको भुमिका विषयमा जिल्ला स्तरीय छलफल कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाही प्रहरी प्रमुख प्रबिण पोखरेल, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादव, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम लगायत जिल्ला भरिका मानवअधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको उदघोषण पत्रकार बन्दना झाले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.