१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा मा.वि. स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सर्लाही१६ मंसिर ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस को अवसरमा आज मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षता तथा अस्ट्रेलियन एड, ह्याण्डीक्याप इनटरनेशनल, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, अपाङ्गतासमावेशी विकास केन्द्र चन्द्रनगर, वर्ल्ड एजुकेसन र चन्द्रनगर गाउँपालिकाको समन्वयमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।

शनिवार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाईने भएको छ । सोही अवसरमा आज मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको अपाङ्गता कार्यक्रम संयोजक तुलाराम धमलाले जानकारी दिनुभयो ।

कार्यक्रममा समावेशी विकासको आधार गुणस्तरीय शिक्षा र पहुँचयुक्त पूर्वाधार विषयमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको मोबाइल टिचर पुनम ठाकुरले जानकारी दिइन् ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई डिक्सनेरी औजार बकस ,दितिय हुनेलाई डिक्सनेरी डटपेन, तृतीय हुनेलाई डिक्सनेरी र सिसाकलम, चौथो हुनेलाई डिक्सनेरी शनिवार प्रदान गरिने छ।

वक्तृत्वकला प्रतियोगितामा मरिचमान मावि, दुर्गा खोभारी जन्ता माविका छात्र तथा छात्राहरू लगायत शिक्षकहरुको पनि उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.