१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भटराईको मृत्यु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भटराईको मृत्यु

सर्लाही१७ मंसिर ।सर्लाहीको लालबन्दी नगरपालिकामा मधेस प्रदेस मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भटराईको मृत्यु भएको छ ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आज हुने ११ औं साधारण सभामा विशिष्ट अतिथिको रुपमा आउनु भएको भटराई सुतेको अवस्थामा शव फेला परेको छ ।

लालबन्दी नगरपालिका–१३, पथ्थरकोट(छेँडा) स्थित ‘होलिडे फेमिलि रिसोर्ट’ को रुममा अध्यक्ष भटराई बान्ता गरेको अवस्थामा मृत फेला परेको छ।

अहिले प्रहरीले मुचुल्का गर्ने काम गरिरहेको छ । अध्यक्ष भटराईको के कारणले मृत्युु भएको खुल्न नसकेको नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिति सर्लाही सदस्य मुकेश झाले जानकारी दिनुभयो ।

भटराईको मृत्यु भएपछि नेपाल पत्रकार महासंघ सर्लाही शाखाको उद्घाटन समारोह एवं बन्दशत्रको कार्यक्रम स्थगित गरिएको नेपाल पत्रकार महासंघ शाखा सर्लाहले जनाएको छ ।

उहाँ नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति ,पुर्व केन्द्रिय उपाध्यक्ष समेत भैसक्नुभएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.