१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाइयो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाइयो

सर्लाही,१७ मंसिर । सर्लाहीमा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । शनिवार सर्लाहीको चन्द्रनगर,ब्रह्म्पुरी, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, ह्याण्डीक्याप ईन्टरनेशनल, विश्व शिक्षा नेपाल, र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्दद्धारा सञ्चालित सिकाई परियोजना अन्र्तगत कार्यक्रम सन्चालित चारैवटा पालिकामा अपाङ्गता भएका व्यक्तिहरुको स्थानीय संस्थाहरु नगर स्तरीय अपाङ्गता संस्था हरीपुर्वा , वौधिक अपाङ्गत सरोकार समुह पर्सा , अपाङ्गता अधिकार संरक्षण मञ्च ब्रमपुरी र अपाङ्गता समावेशी विकास केन्द्र चन्द्रनगरको संयुक्त साझेदारीमा समावेशी विकासका लागी रुपान्तरित समाधान् पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान श्रिजन्शिलताको प्रावधान भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको ३१औ.अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।

उक्त कार्यक्रममा ब्रमपुरी गा.पा.मा अपाङ्गता अधिकार संरक्षण समितिको पनि सहकार्य रहेको थियो । सिकाई परियोजना अन्र्तगत परीयोजना सञ्चालन भएका चारवटै पालिका गरी अपाङ्गता भएका १–५ कक्षा सम्मका १६७ बालवालिकाहरुलाई शैक्षिक सामग्री , कापी, कलम र सिसाकलम प्रदान गरिएको छ भने ६–१० कक्षा सम्मका ४७.जना बालवालिकाहरुलाई कपी, कलम,सिसाकलम र औजार बक्स दिईको थियो । यसैगरी ब्रमपुरी गा.पा.का ३० जना बालवालिका लाई स्कुल युनिफर्मको स्वीटर पानि दिएको छ ।सोही समारोहमा हरीपुर्वा न.पा .बाट अपाङ्खता भएका व्यक्तिहरुलाई सहायक साम्रगीहरु वितरण गरिएको थियो ।

गा. पा तथा न.पा. का महिलाबालवालिका तथा जेष्ठ नागरीक प्रमुखबाट नेपाल सरकारबाट जारी गरिएको अपाङ्खता अधिकार ऐन सम्बन्धि अभिमुखीकरण समेत गरिएको थियो ।

स्थानिय तहका जाप्रतिनिधी तथा कर्मचारीहरुको सहभागीतामा अपाङ्खता मैत्री भौतिक संरचनाको अभावमा अपाङ्खता भएका व्यक्तिहरुले भोग्नु परेको समस्या झल्काउने सिमोलेसन कार्यक्रम समेत गरीएको थियो ।
त्यस्तै अपाङ्खता भएका व्यत्तिहरुको अधिकार तथा स्थानिय सरकारबाट अपाङ्खता भएका व्यत्तिहरुका व्यक्तिहरुका लागी प्राप्त हुने सेवा सुविधा विषयमा अन्र्तक्रिया कायक्रम गरीएको थियो ।

परियोजना अन्र्तगत कार्यक्रम सन्चालित चारैवटा पालिकामा समावेशि बिकासको आधार गुन्स्तरिय शिक्षा र पहुँचयुक्त पुर्वाधार विषयक अन्र्तर मा.वि. स्तरीएय वक्तृत्वकला प्रतियोगीतामा प्रर्थम , दोस्रो , तेश्रो र सान्तोना गरी १६ जना तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीतामा प्रर्थम , दोस्रो , तेश्रो र सान्तोना ४ बालवालिकहरुलाई पुरस्कार प्रदान गरएिको थियो ।

दिवस समारोहमा चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गिता देवी महतो लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थयो भने अन्य पालिकामा पनि प्रमुख ,उप प्रमुख, राष्ट्रिय रोजगार प्रवद्र्धनका केन्द्रका पदाधिकारी लगायतले दिवसको समारोहको महत्वबारेमा विचार राख्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.