१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
ब्रह्मपुरी गाउँपालिका बाट श्रम स्वीकृती लिनेको संख्या १ हजार ६७ पुुग्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

ब्रह्मपुरी गाउँपालिका बाट श्रम स्वीकृती लिनेको संख्या १ हजार ६७ पुुग्यो

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका बाट श्रम स्वीकृती लिनेको संख्या १ हजार ६७ पुुगेको छ । २०८० वैशाख १ गते देखी हाल सम्ममा ब्रह्मपुरी गाउँपालिका बाट नयाँ श्रम स्वीकृती २ सय १६, पुन श्रम स्वीकृती ८ सय ५१ गरी १ हजार ६७ जनाले वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृती लिएको ब्रह्मपुरी गाउँपालिकाका रोजगार सहायक राम आलोक राय यादवले जानकारी दिनुुभयो ।

हामीले खासगरी ब्यक्तिगत श्रम स्वीकृति र पुन ः श्रम स्वीकृति (वैदेशिक रोजगार विभाग) र वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने कल्याणकारी सेवा उपलब्ध गराउने गरेका छौं । गत वैशाख १ गतेदेखी स्थानीय तहलाई श्रम स्वीकृति र पुन ः श्रम स्वीकृतिको जिम्मेवारी दिईएको छ । यसले पनि सेवाग्राहीलाई अझ धेरै नै सहज भएको रोजगार सहायक यादवले बताउनुुभयो ।

ब्रह्मपुरी गाउँपालिकाले २०७९ फागुन महिना देखी विभिन्न सेवाहरु सञ्चालन गर्दै आएको छ । जस मध्ये वैदेशिक रोजगारमा गएका ब्यक्तिहरुको लागि कल्याणकारी सेवा शुरु गरेको छं ।
कल्याणकारी सेवा अन्तर्गत विभिन्न ९ वटा सेवाहरु पर्दछन । जसमध्ये अहिले स्थानीय तहहरुले ६ वटा सेवाहरु उपलब्ध गराईरहेका छ । यसमा अनलाइन मार्फत फारम भर्नको लागि सहजिकरण गछौं । जुन काम वैदेशिक रोजगार बोर्डबाट हुन्छ, त्यही काम यहाँबाट हुने हो यादवले भन्नुुभयो ।

यस सम्बन्धि ऐन, नियमावली २०६४ मा आएको थियो । तर अहिले सम्म धेरै ब्यक्तित्वहरुले थाहा नपाएर यो सेवा नलिईएर वञ्चित भईराख्नुभएको छ । यस अन्तर्गत अहिले विदेशमा गएर मृत्युभएका ब्यक्तिहरु हुनुहुन्छ, उहाँहरुको शव ल्याउनको लागि यस रोजगार सेवा केन्द्रबाट अनलाइन निवेदन दिन सक्ने व्यवस्था छ ।
विदेशबाट मृतक ब्यक्तिको शव काठमाडौं आईसकेपछि निशुल्क घरसम्म शव ढुवानीका लागि पनि अनलाइन निवेदन दिन सकिन्छ । त्यसैगरी कोही विदेशमा गएर अङ्गभङ्ग भएर फर्किनुभयो भने उहाँको परिवारलाई आर्थिक सहायताको लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन यादवले बताउनुुभयो ।

यस्तै मृत्युभएका घरपरिवारले पनि आर्थिक क्षतिपुर्ति पाउनुहुन्छ । जसमा ७ लाख रुपैयाँ रहेको छ । यो ७ लाख रुपैयाँका लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन सक्ने व्यवस्था छ । फागुन देखी हामीले यो सेवा दिईरहेका छौं, पाई पनि रहनुभएको छ । यसैगरी कोही वैदेशिक रोजगारी गएर समस्यामा पर्नुभयो, हराउनु भयो भने उद्धार तथा खोज तलासका लागि पनि रोजगार सेवा केन्द्रबाट निवेदन दिन सकिने रोजगार सहायक यादवले जानकारी दिनुुभयो ।

वैदेशिक रोजगारीमा गएका ब्यक्तिका परिवार जसमा श्रीमति, छोरा–छोरी, आमा–बुवा पर्नुहुन्छ । उहाँहरु कोही बिरामी हुनुभयो, भने स्वास्थ्य उपचार खर्च भनेर ५० हजार रुपैयाँ सम्म दिने व्यवस्था छ । जसमा ५ प्रकारका रोगहरु समावेश गरिएको छ, क्यान्सर, मृगौला, मुटु, अल्जाइमर, पार्किन्सन पर्छन । यसैगरी वैदेशिक रोजगारीमा गएर मृत्युभएका ब्यक्ति, अङ्गभङ्ग भएका ब्यक्तिका परिवारका बालबालिकाहरुलाई १८ बर्ष उमेर सम्म छात्रवृत्ति दिने व्यवस्था छ ।

त्यसको लागि पनि उहाँहरुले अनलाइनबाट निवेदन दिनुपर्ने हुन्छ । यि सबै सेवाहरुका लागि स्थानीय तहबाटै मात्र निवेदन दिनुपर्छ भन्ने छैन । सिधै बैदेशिक रोजगार बोर्डमा पनि गएर निवेदन दिन पाउनुहुन्छ । तर बोर्डबाट भन्दा टाढाका सेवाग्राहीलाई स्थानीय तहबाट निवेदन दिँदा सहज हुन्छ । कहिले कहीं सानो कागजपत्र पुगेको हुर्दैन, अनि घर फर्केर आउनुपर्ने हुन्छ । स्थानीय तहमा भयो भने हामीले यहाँ सबै सक्कल कागजपत्रहरु स्क्यान गरी अनलाइनबाट पठाईदिन्छौं ।

यदी कोही काठमाडौं जानुभयो, फोटोकपी मात्र लिएर जानुभएको छ, भने त्यो कागजपत्रहरु नोटरी गराउनुपर्ने हुन्छ । जसले गर्दा सेवाग्राहीलाई अझै थप समस्या हुन्छ । त्यसकारण स्थानीय तहबाटै काम हुने भएपछि अहिले सेवाग्राहीलाई धेरै सहज भएको छ । अहिले यो सेवा देशभरीकै ७५३ वटै स्थानीय तहमा भने छैन । मलाई लाग्छ, आधा जति स्थानीय तहमा यो सेवा उपलब्ध भएको छ रोजगार सहायक यादवले भन्नुुभयो ।

सबैभन्दा पहिले ३० वटा स्थानीय तहले मात्रै शुरु गरेका थिए । त्यहाँ एकदमै राम्रो प्रभावकारी भईसकेपछि थप १५६ वटा स्थानीय तहमा शुरु भएको थियो । अहिले चाँही अधिकांश स्थानीय तहले लगइन र पासवर्ट लिएर काम गर्नुभएको छ । तर सबैले यो सेवा दिइ रहनुभएको छैन । किनभने धेरै ठाउँमा रोजगार सेवा केन्द्रहरु पुर्ण रुपमा सञ्चालन हुन नसकेको अवस्था छ । कतै रोजगार संयोजक नभएको स्थानीय तहमा यस खालको सेवा शुरु भएको छैन ।

बाहिरबाट हेर्दा खेरी थप रकम तिर्नुपर्ने, सही मोबाइल नम्बर, इमेल ठेगाना नराख्दीने, अर्को पटक आएर फेरी फारम भर्दा खेरी फेरी पासवर्ट रिसेट गर्नुपर्ने लगायतका समस्या सेवाग्राहीलाई परिरहेकोले अहिले चाँही धेरै नै प्रभावकारी देखिएको छ । तर यसलाई अझै प्रभावकारी बनाउनको लागि स्थानीय तहलाई नै लगइन आइडी वैदेशिक रोजगार विभागले उपलब्ध गरायो भने राम्रो हुन्छ, जस्तो मलाई लाग्छ यादवले भन्नुुभयो ।

अहिले स्थानीय तहबाट ब्यक्तिगत आफैं जानेहरुका लागि मात्र श्रम स्वीकृति हुने गरेको छ, संस्थागत वा म्यानपावर कम्पनीबाट जानेहरुका लागि भने उनीहरुले आफैं श्रम स्वीकृति गरिदिन्छन ।

कोही वैदेशिक रोजगारीमा जानुभयो र, उहाँको श्रम स्वीकृति गर्दाको करार अवधि प्राय २ बर्षको हुन्छ, दुर्घटना करार अवधि भित्रै भएको छ, वा करार अवधि सकिएको १ बर्ष भित्र वैदेशिक रोजगारीमा रहँदा वा नेपालमा फर्कि सके पनि गंम्भिर प्रकृतिको बिरामी हुनुभएको छ, उहाँले निवेदन दिन पाउँनुहुन्छ । धेरै समस्या अहिले के छ, भने देखी १ बर्ष पनि प्राय कटेर आउनुहुन्छ, हामीलाई दुख लागेको कुरा, दुई, तिन लाख रुपैयाँ सम्म पाउने ब्यक्तिहरुले २५ हजार रुपैयाँ मात्र पाउनुहुन्छ ।

अहिले सम्म धेरैलाई जानकारी नै छैन। स्थानीय तहमा सेवा शुरु भएपछि केही हदसम्म जानकारी दिने प्रयास हामीले गरिरहेका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.