१८ मंसिर २०८२, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह हाजिर – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

चन्द्रनगर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह हाजिर

सर्लाही,१७ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नव–नियुक्त प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह हाजिर हुनुभएको छ । बुधबार उहाँले औपचारिक रूपमा गाउँपालिकामा पदभार ग्रहण गर्नुभएको हो ।

प्रमुख प्रशासकीय अधिकृत साहलाई गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीता देवी महतो, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा जनप्रतिनिधिहरूले उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै गाउँपालिकाको समग्र विकास र सुशासनका लागि सहकार्यमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button