१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बर मतले पराजित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बर मतले पराजित

गौर,५ जेठ। रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा मधेश प्रदेशको प्रथम महिला मेयर बनेकी साह दोस्रो कार्यकालका लागि अनुमोदन भएकी हुन् । बुधबार बेलुका सार्वजनिक भएको अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।

गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।

त्यस्तै, मौलापुर नगरपालिकाको उपमेयर पदमा पनि गठबन्धन उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार नागेन्द्र राय यादव निर्वाचित भएका हुन् । उनले माओवादी केन्द्रकी उम्मेदवार रीना कुमारी साहलाई १ हजार ५ सय १० मतले पराजित गरेका हुन् । यादवले ४ हजार ९ सय १४ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी साहले ३ हजार ४ सय ४ मत हासिल गरेका छन् ।

मौलापुर नगरपालिकाको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.