१७ मंसिर २०८२, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न

कौडेना गाउँपालिका वडा नं. ६ र ७ मा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सक्रौलका समाज सेबी युवाहरू को आयोजनामा शिविर सम्पन्न भएको हो ।शिविरमा १९२ भन्दा बढीले आँखाको जाँच गराएको को सामाजिक अभियान्ता
युवा रवि शंकर यादवले जानकारी दिनुभयो ।

शिविरका लागि इण्डो नेपाल आँखा अस्पताल ले प्राविधिक सहयोग गरेको थियो ।शिविरमा स्क्रिनिङ गरिनुका साथै आवश्यक परेकालाई औषधि र चश्मा पनि निःशुल्क वितरण गरिएको थियो । सामाजिक अभियान्ता रबीन महतोका अनुसार शिविरले आँखाका बिरामीको ‘स्क्रिनिङ’ भएको र मोतियाविन्दुको समस्या भएकालाई थप उपचार गरिने बताउनुभयो ।

शिविरमा मोतियाविन्दुको समस्या भएका थुप्रै बिरामी आएको र त्यसमध्ये ५२ जनाको अपरेशन नै गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । ‘हामी उहाँहरूलाई इण्डो नेपाल आखा अस्पताल सँग मिलेर ४०% छुट मा उपचार गर्छौँ’, उहाँले भन्नुभयो, ‘एक महिनाभित्र उहाँहरूको अपरेशन गर्नलाई समय निश्चित गर्छौँ ।’सामाजिक अभियान्ता सुशील यादवले कसैको पनि दृष्टि नगुमोस् भनेर विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।

त्यसैअनुरूप कौडेना गाउँपालिकाको वडा नं. ६,७ का स्थानीयलाई लक्ष्य गरी शिविर आयोजना गरिएको यादवले जानकारी दिनुभयो ।शिविरबाट राम्रो लाभ लिएको आँखा जचाउन आउनुभएका फेकन रायले बताउनुभयो । ‘एक–दुई महिनादेखि आँखा पोल्ने, चिलाउने भइरहेको थियो’, उहाँले भन्नुभयो, ‘यहाँदेखि अस्पताल आउजाउ खर्च, समय बच्यो ।

यहीँ जचाउन पाएँ । अब ढुक्क भएँ ।’वडावासीले शिविरबाट राम्रो लाभ लिएको वडाध्यक्ष उमेश यादव ले बताउनुभयो । उहाँले अन्य किसिमका स्वास्थ्य शिविर कार्यक्रम कसैले लिएर आए आफूले सधैँ सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ‘यस्ता शिविर अरू रोगका लागि पनि आवश्यक छ’, उहाँले भन्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button