१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बागमतीमा पु:न थापा र मोक्तान निर्वाचित – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बागमतीमा पु:न थापा र मोक्तान निर्वाचित

सर्लाही,२ जेठ ।सर्लाहीको बागमती नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले जितेको छ । बागमती नगरपालिकामा पु:न मेयर पदमा भरत कुमार थापा र उपमेयरमा लिला कुमारी मोक्तान विजयी भएको छ ।

नगर प्रमुखमा निर्वाचित थापाले ११ हजार ३ सय ५७ मत प्राप्त गर्नुभयो भने उपप्रमुखमा मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गरको निर्वाचन अधिकृत बिकाउ यादवले जानकारी दिनुभयो ।

नगर प्रमुख थापाका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टंक बहादुर बस्नेतले ७ हजार ३ सय ६८ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उप प्रमुख मोक्तानको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सरिता घिसिङले ७ हजार ७ सय ५ मत प्राप्त गर्नुभयो । थापा र मोक्तान दोस्रो कार्यकालको लागि फेरी ५ वर्ष समको लागि निर्वाचित हुनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.