१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम

महोत्तरी। एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत स्वयंसेवकहरुका लागि सकारात्मक झुकाव सामूहिक चुल्हो सम्बन्धी ५ दिने तालिम बर्दिवासमा सम्पन्न भएको छ ।
समुदायमा भएका कुपोषित बालबालिकाहरु पहिचान गरी सकारात्मक झुकाव सामूहिक चुल्हो सेसनका माध्यमबाट सुपोषित बनाउने कार्यका लागि छनौट भएका एकडारा र सम्सी गाउँपालिकाका ३२ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको थियो ।
तालिमको समापनका अवसरमा बोल्दै स्वास्थ्य कार्यालय महोत्तरीका पोषण फोकल पर्सन गिरेन्द्र झाले समुदायमा भएका कुपाषित बालबालिकाहरु पहिचान गरी उनीहरुलाई सुपोषित बनाउन स्वयंसेवकहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो ।
“हाम्रो समुदायमा विभिन्न कारणले बालबालिकाहरु कुपोषणको शिकार भइरहेका छन्” झाले भन्नुभयो “कुपोषण कुनै अभिषाप होइन, यसको न्युनिकरण सम्भव छ र यस कार्यमा सकारात्मक झुकाव सामूहिक चुल्हो सेसन एउटा कोशेढुंगा सावित हुन सक्छ ।”
तालिमको समापनका अवसरमा बोल्दै आयोजक संस्था एकिकृत ग्रामिण विकास समाज महोत्तरीका अध्यक्ष शंकु घिमिरेले शारिरीक, मानसिक, संवेगात्मक वृद्धिको दृष्टिले बाल्यावस्था नै लगानी गर्ने उचित समय भएकोले कुपोषित बालबालिकाहरुलाई सुपोषित बनाई उनीहरुको चौतर्फी विकासका लागि योगदान गर्नु पर्ने बताउनुभयो ।
संस्थाद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा एकडारा र सम्सी गाउँपालिकामा संचालन भइरहेको एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको आयोजनामा भएको उक्त तालिममा सहभागी स्वयंसेवकहरुले समुदायमा कुपोषित बालबालिका पहिचान गरी समुदायमा उपलब्ध भएका खानेकुराबाट पोषिलो खाना बनाई खुवाउन सिकाउने छन् ।
तालिमका अवसरमा सकारात्मक झुकाव सामूहिक चूल्होको बारेमा सैद्धान्तिक जानकारीका साथै पिडी खाना कसरी बनाउने भन्ने प्रयोगात्मक अभ्यास, फिल्ड भ्रमण समेत गरिएको थियो । दुबै गाउँपालिकामा संचालन हुने सेसनमा एउटा समुदायमा १२ दिनसम्म चल्ने कुरा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
उक्त तालिमको सहजीकरण वल्र्ड भिजन इन्टरनेसनल नेपालका पोषण विज्ञ मोहन डाँगी, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीका कार्यक्रम अधिकृत सुमित साह र आयोजक संस्थाका कार्यक्रम अधिकृत जयराम महतोले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.