१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टी नेपालको सर्लाही जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बहुजन एकता पार्टी नेपालको सर्लाही जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न

सर्लाही,१६ पौष । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा आज बहुजन एकता पार्टी नेपालको सर्लाही जिल्ला कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ।जिल्ला उपाध्यक्ष देवेन्द्र रामको अध्यक्षतामा बसेको कमिटीको विस्तारित बैठकले टोल स्तर सम्म संगठन निर्माण गर्ने निर्णय लिदै लगातार पार्टी विस्तारको कार्यलाई बढाउने योजनाहरु माथी छलफल गरेको थियो।

संपन्न भएको बैठकमा क्षेत्रीय भेलाहरुको आयोजन,भात्री संगठनहरुको गठन,पालिका कमिटीहरुको पुनर्गठन तथा वडा एवं टोलहरुमा संगठनको विस्तार गर्दै पार्टीलाई मजवुत बनाउन द्रुत गतिमा कार्यक्रमहरु संचालन गर्ने बैठकमा सहभागी केन्द्रिय सदस्य जितेन्द्र रामले जानकारी दिनुभयो।

संपन्न भएको संघ तथा प्रदेश चुनावमा कम समयमा पार्टीले गरेको प्रदर्शन संतोषजनक रहेको विश्लेषण गर्दै दलित आदिवासी जनजाति एवं बंचित वर्गको नेतृत्व गर्ने पार्टीको हिसाबले जनताले पार्टीलाई स्विकार गरेको र संघर्षलाई कदर गरेको निश्कर्स निकालिएको वरिष्ठ नेता राजाराम पासवानले बताउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.