१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महतोको अध्यक्षतामा कुशवाहा बुद्धिजीवी सेवा समाजको १३ सदस्य नयाँ कार्यसमितिको चयन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

महतोको अध्यक्षतामा कुशवाहा बुद्धिजीवी सेवा समाजको १३ सदस्य नयाँ कार्यसमितिको चयन

लालबन्दी,१८ पौष । सर्लाहीको लालबन्दी नगरपालिकामा भरत लाल महतोको अध्यक्षता कुशवाहा बुद्धिजीवी सेवा समाजको१३ सदस्य नयाँ कार्यसमितिको चयन भएको छ ।

सर्लाही जिल्ला भरिका कुशवाहाहरुले कुशवाहा बुद्धिजीवी सेवा समाज ९ किस नेपाल० सर्लाहीको दोस्रो अधिवेशन बाट जिला अध्यक्षमा पुनः महतोलाई नै निर्वाचित गरेको छ ।

यसैगरी कुशवाहा बुद्धिजीवी सेवा समाजको उपाध्यक्षमा हिरा कुमारी महतो ,कपिलेश्वर महतो, सचिवमा राज मंगल प्रसाद सह सचिवमा महेन्द्र सिंह कुशवाहा,कोषाध्यक्षमा आलोक कुशवाहा, सदस्यहरुमा राम दिनेश महतो, श्रवण महतो, बिरेन्द्र कुमार महतो, सुनिल कुशवाहा, राम किशोर महतो,आशा कुमारी कुशवाहा र सुभद्रा देवी महतो सर्व सहमतिमा चयन हुनुभएको छ ।


मधेस प्रदेश सभा सदस्य जवाहर कुशवाहाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा किस नेपालका केंद्रीय अध्यक्ष डी एन महतो, नेपाल कुशवाहा कल्याण समाजका जिल्ला अध्यक्ष उपेन्द्र कुशवाहा, नेपाल कुशवाहा कल्याण समाज केंद्रीय उपाध्यक्ष रामचंद्र सिंह कुशवाहा , नेपाल कुशवाहा कल्याण समाज केंद्रीय सदस्य जितेंद्र कुशवाहा ,बलरा नगर प्रमुख रामाशंकर कुशवाहा, शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुख सुनिल कुशवाहा गरी १७८ जनाको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.