१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्वास्थ्यकर्मीले ईमान्दारिता र बफादारिताका साथ काम गर्न सक्नु पर्छ नगर प्रमुख बुढाथोकी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

स्वास्थ्यकर्मीले ईमान्दारिता र बफादारिताका साथ काम गर्न सक्नु पर्छ नगर प्रमुख बुढाथोकी

प्रेमनाथ पौडेल
हरिवन,१८ पौष । स्वास्थ्यकर्मीहरुले आफ्नो पदिय जिम्मेवारी लाई इमान्दारिता र बफादारिताको साथ काम गर्नु पर्ने हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल )बताएका छन ।नगरपालिका लाई क्षयरोग (टिबि)फ्री पालिका घोषणा कार्यक्रम लाई सफल तुल्याउनको लागि राष्ट्रिय क्षयरोग निवारण केन्द्र सानो ठिमी भक्तपुरले उपलब्ध गराएको रोग पहिचान गराउने जिन एक्सपोर्ट मेसिनको हस्तान्तरण तथा उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख बुढाथोकीले यस्तो बताएका हुन ।

नेपाल सरकारले सन २०३५ सम्म देश बाटै क्षयरोग उन्मुलन गर्ने लिएको रणनिती अनुसार पहिलो चरणमा देशका २६ स्थानिय तहलाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ मधेश प्रदेशको ३ स्थानिय तहहरुमध्ये हरिवन पनि एक रहेको बताउदै पालिका लाई जति सक्दो छिटो रोग मुक्त पालिका बनाउन सबै स्वास्थ्यकर्मीले बिना भेदभाव इमानदारी र बफादारिका साथ आ–आफूले पाएको जिम्मेवारी पूरा गरे मात्रै नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउन सफल हुने हुदा त्यसै अनुसार काम गर्न आग्रह गरेका हुन ।

यसै बिच उप प्रमुख हरिमाया घलानले आफूहरुको लामो समयको लगाब स्वरुप राष्ट्रिय क्षयरोग निवारण केन्द्रले क्षयरोग टिबिको पहिचान गर्ने जिन एक्स्पोर्ट मेसिन उपलब्ध गराएको प्रति आफू निकै नै हर्षबिभोर भएको भन्दै केन्द्र लाई धन्यबाद समेत प्रदान गर्नु भयो ।

हरिवन नगरपालिकाले रोगीको खोजी कार्यलाई तिब्रता दिएको छ ,जस अनुसार आर्थिक बर्ष २०७७÷७८मा९२जना, ७८÷७९ मा १सय २० जना, ७९÷८० को मंसिर महिना सम्म ४८ रोगी फेला परेको मध्ये ९१ प्रतिशत रोगबाट मुक्त हुने अबस्था मा पुगेको बताईएको छ । नगरपालिका ले उपलब्ध गराएको निशुल्क औषधि सेवन पश्चात ती रोगी हरु रोग बाट मुक्त भएको स्वास्थ्यशाखा हरिवनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.