जनकपुरधाम । मधेश प्रदेश सभाको आज बसेको बैठकले प्रदेशका सभामुखको चुनावको मिति तोकेको छ ।
माघ २ गते प्रदेश सभाको चुनावको मिति तोकिएको प्रदेश सभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले जानकारी दिनुभयो ।
प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को दफा ७ बमोजिम प्रदेश सभामुखको चुनावका लागि मिति तोकिएको बैठकमा जानकारी दिइएको थियो ।
चुनावको कार्यक्रम तालिका प्रदेश सभाका सचिव रञ्जित कुमार यादवले पुस २९ गते प्रकाशित गर्ने जानकारी पनि ज्येष्ठ सदस्य न्यौपानेले बैठकमा दिनुभएको थियो ।