काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि पुस २६ गतेको प्रतिनिधि सभाको वैठकमा कार्यसूचीमा समाबेश गर्न अनुरोध गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले यहि पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भई ११ गते शपथ लिनु भएको थियो ।
प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गतेका लागि आह्वान गरिएको छ ।