१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाही प्रहरीले दोस्रो दिन पनि ९ बिघामा लगाईएको अबैध गाँजा नष्ट ग¥यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाही प्रहरीले दोस्रो दिन पनि ९ बिघामा लगाईएको अबैध गाँजा नष्ट ग¥यो

लालबन्दी,१८ पौष । सर्लाही प्रहरीले आज दोस्रो दिन पनि अबैध गाँजा खेति नष्ट गरेको छ । सोमबार लालबन्दी न.पा.–१४ नारायणखोला पाखोभित्ताका बारीमा अन्दाजी ९ बिघामा लगाइएको गाँजा खेति प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नारायणखोलाको बिभिन्न स्थानहरुमा अबैध लागुऔषध गांजाको बिरुवा लगाएको छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि जम्मा ६० जनाको प्रहरी टोली खटेर उक्त गाँजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

यसैगरी सर्लाही प्रहरीले आइतवार मात्र ८ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.