१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आम जनता पार्टीले मधेस प्रदेशको आठ वटै जिल्लामा विभिन्न व्यक्तीलाइ जिम्मेवारी ताेक्याे – Nigrani Today
ताजा खबरराजनीतिसमाचार

आम जनता पार्टीले मधेस प्रदेशको आठ वटै जिल्लामा विभिन्न व्यक्तीलाइ जिम्मेवारी ताेक्याे

काठमाडौं ।आम जनता पार्टी (आजपा) ले मधेस प्रदेशको आठ वटै जिल्लामा संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी बाँडफाँड गरेको छ । आजपा अध्यक्ष प्रभु साहले आठ वटै जिल्लामा संयोजक, सचिव, इन्चार्जको जिम्मेवारी तोक्दै संगठन विस्तारका कामलाई तिब्रता दिन निर्देशन दिएका छन् । संयोजक, सचिव तथा इन्चार्जको जिम्मेवारी पाएका नेताहरुलाई अध्यक्ष साहले अब क्षेत्र, पालिका तथा वडा स्तरका कमिटीलाई गठन गर्न निर्देशन समेत दिएका छन् ।

पर्सामा कदम रसुललाई संयोजक, विश्वराज पटेललाई सचिव र बाबुराम कौशिकलाई इन्चार्जको जिम्मेवारी तोकिएको आजपाका प्रवक्ता चन्द्रभुषण साहले बताए । प्रवक्ता साहका अनुसार बारामा उमेश कुशवाहा संयोजक, राजकिशोर साह सचिव र अशोक लामा इन्चार्ज रहेका छन् । रौतहटमा धर्मेन्द्र पटेल संयोजक रहेका छन् । पटेल जसपा रौतहटका अध्यक्ष थिए । उनी जसपा परित्याग गरेर आजपा रोजेका हुन् । यस्तै रौतहटमा सचिवमा पलट चौधरी र इन्चार्जमा त्रिभुवन साह अमरले जिम्मेवारी पाएका छन् ।

सर्लाहीमा तुल्सीप्रसाद हुमागाई संयोजक, नविन साह सचिव र रिता देबी इन्चार्जको जिम्मेवारी पाएका छन् । रिता नेकपा एमालेका केन्द्रीय सदस्य पदबाट राजिनामा गरेर आजपा रोजेकी मधेसको शसक्त महिला नेतृ हुन् । महोत्तरीमा बिजय साह संयोजक, प्रमोद महतो सचिव र राधेश्याम साह इन्चार्ज, धनुषामा श्रीलाल महासेठ संयोजक, बलदेव साह सचिव र श्रीलाल महासेठ इन्चार्जको जिम्मेवारी पाएका छन् । यसैगरी सिराहामा उदय साह संयोजक, धर्मेन्द्र महरा सचिव र बिल्टु यादव इन्चार्ज, सप्तरीमा शिवकुमार महरा संयोजक, सुनिलराज दास सचिव र आरडी आजादले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.