१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा १ सय ६८ जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा १ सय ६८ जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधी वितरण

सर्लाही, १९ पौष ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ रामपुरमा १ सय ६८ जना जेष्ठ नागरिकहरुलाई निःशुल्क आयुर्वेदिक औषधी वितरण गरिएको छ ।

ईश्वरपुर नगरपालिकाको आयोजनामा मंगलवार आज जेष्ठ नागरिक सँग मेयर कार्यक्रम गरी नगर प्रमुख मनोज कुमार आचार्यले जेष्ठ नागरिकहरुलाई च्यावन प्रास, आयुर्वेदिक चियापती एक बटा लगायत अन्य औषधी वितरण गर्नुभएको छ ।

जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गर्दै जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य संरक्षण एवम प्रवद्र्धनको लागि औषधी वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

रामपुरमा १ सय ६८ जना ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको बल्ड प्रेसर समेत जाँच गरी प्रेसरको समस्या हुने वृद्धवृद्धालाई निःशुल्क औषधी वितरण गरिएको वडा नं. ८ का वडा अध्यक्ष श्याम बहादुर थापाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.