१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाही प्रहरीको ठुलो सफलता : दुई दिनमै १७ बिघा गाँजा खेती नष्ट गर्यो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाही प्रहरीको ठुलो सफलता : दुई दिनमै १७ बिघा गाँजा खेती नष्ट गर्यो

सर्लाही, १९ पौष । सर्लाही प्रहरीले दुई दिनमै १७ बिघामा लगाइएको अबैध गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आए लगतै प्रहरीहरु एक्सनमा आएका छन ।

सर्लाही प्रहरीले नयाँ एसपी आए देखि दुई दिनमै लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोलामा अबैध रुपमा लगाएको प्रतिबन्धित लागु औषध गाँजाको बोटहरु नष्ट गरेको छ । सर्लाही प्रहरीले नारायणखोलामा आइतवार ८ बिघा र सोमबार सोही ठाँउमा ९ बिघा गरी गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नारायणखोलाको बिभिन्न स्थानहरुमा अबैध लागुऔषध गांजाको बिरुवा लगाएको छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि प्रहरी टोली खटेर उक्त गाँजा खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.