१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विभिन्न निकायसंगको समन्वय बैठक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विभिन्न निकायसंगको समन्वय बैठक सम्पन्न

मलंगवा, १९ पौष । सर्लाहीको सदरमुकाम मलंगवामा विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाको प्रतिनिधिहरु सँग समन्वय बैठक सम्पन्न गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बैठक बसी विपद् व्यवस्थापनको क्षेत्रमा के कस्तो व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

बैठकले जिल्ला स्थित विभिन्न गैर सरकारी संघ संस्थाहरुले जिल्ला विपद व्यवस्थापनको क्षेत्रमा गरि आएका कार्यक्रमहरुको समिक्षा, कोभिड–१९ को नयाँ भेरियन्ट छिमेकी देशहरुमा देखापरेको र सोको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने हुँदा आ आफनो कार्य क्षेत्रमा सबै सरकारी तथा गैरसरकारीहरुले सो का लागि आवश्यक सचेतना अभिबृद्धि लगायतका क्रियाकलाप गर्ने तथा सम्भावित जोखिमका लागि पूर्व तयारी गर्ने, शितलहरबाट प्रभावित हुन सक्ने क्षेत्र पहिचान गरी राहत तथा उद्धारको लागि जिल्ला अगुवा सहयोगी संस्थाको समन्वयमा दाउरा, कम्बल, न्यानो कपडा जस्ता सामाग्रीहरुको पूर्व प्रवन्ध गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउने र शितलहर प्रभावित विपन्न व्यक्रि तथा परिवारलाई न्यानो कपडा, कम्बल आदि के कति राहत सामग्रीहरु उपलब्ध गराउन सकिन्छ लगायत विभिन्न विषयमा निर्णय गरिएको थियो ।

बैठकमा जिल्ला प्रहरी कार्यालयका, सर्लाहीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वाटर सर्लाहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सर्लाहीका प्रमुख बसन्त साह, नेपाल रेडक्रस सोसाईटी सर्लाहीका प्रतिनिधि राम किशोर पंडित लगायत विभिन्न गैर सरकारी संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.