१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाको लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाको लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

पौष २२, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा बाल संरक्षण योजनाको लागि दुई दिने कार्शाला गोष्ठीे सम्पन्न भएको छ । पर्सा गाउँपालिकाले बाल अधिकार सम्बन्धि कार्यविधि यस अघि नै निर्माण गरिसकेको छ ।

सो कार्यविधिलाई कार्यन्वयन गर्न बाल संरक्षणका ३० भन्दा बढी विष्यहरूमा कार्यक्रम, सम्पन्न गर्ने समय सिमा र लागत अनुमान सहितको कार्य योजना खाका निर्माण गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाको ३० करोड भन्दा बढी बार्षिक बजेट मध्ये १५ लाख ३० हजार छुट्याइएको छ । योजनाले ८६ लाख भन्दा बढी लागत अनुमान तयार गरेको छ ।

बाल अधिकार विज्ञ मधु दवाडीले सहजिकरण गर्नु भएको सो कार्यक्रम पर्सा गाउँपालिकाको समन्वय, बागमती सेवा समाज नेपालको आयोजना र वल्र्ड भिजनको आर्थिक बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्तर्गत सम्पन्न भएको परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनु भयो ।

कार्यशालामा पालिकाका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सबै सदस्यहरू, महिला तथा बालबालिका शाखाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख, बाल अधिकार समितिका सदस्यहरू बाल सञ्जालका प्रतिनिधि, स्थानीय प्रहरी चौकी प्रमुख लगायतको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.