१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अती जोखिममा रहेका ६ सय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अती जोखिममा रहेका ६ सय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

सर्लाही२३ पुस । सर्लाही विभिन्न स्थान गरी अती जोखिममा रहेका ६ सय बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित “समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” अन्तर्गत चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाका दलित, मुशलिम र अति विपन्न परिवारको बालबालिकाहरुलाई ब्याग र स्टेशनरी जस्ता शैक्षिक सामग्री वितरण गरिएको छ । शैक्षिक सामग्री ब्रहम्पुरी गाउँ पालिका अध्यक्ष राम पदार्थ साह र चन्द्रनगरका अध्यक्ष राजकुमार महतोले वितरण गर्नुभएको थियो ।

चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकाका विशेष गरी कक्षा १ देखि ५ सम्म अध्ययरत बालबालिकाहरूको शिक्षामा निरन्तरता दिनको लागि प्रोत्साहन गर्ने उद्देश्यले सम्बन्धीत विद्यालय र मदरसाको सिफारिसको आधारमा स्थानीय तहको प्रत्यक्ष सहभागीतामा फिल्ड अनुगमन गरी जोखिममा परेका दलित, मुश्लिम तथा अति विपन्न परिवारका बालिकाको नाम छनौट गरिएको थियो ।
विद्यार्थीहरुलाई स्कुल ब्याग–१ थान, कापी–३० थान, कलम–१० थान, सिशाकलम–१ प्याकेट, कलर पेन्सिल–२ प्याकेट र ज्यामिति बक्स–१ सेट गरि रु १८११ बराबरको दरले शैक्षिक सामग्री वितरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भयो ।

अति जोखीममा परेका बालबालिकाहरुको शिक्षामा समान पहुच तथा सहभागीता तथा आधारभूत तहमा समतामूलक सिकाइ उपलब्धि हुने छ भन्ने लक्ष्य लिएर राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रले विगत ४ वर्ष देखि सिकाइ परियोजना लगायत अरु चारवटा परियोजना सञ्चालनमा रहेको संस्थाका संरक्षण संयोजक शाहले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.