१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
राजश्रीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

राजश्रीको २२ औँ वार्षिक साधारण सभा सम्पन्न

सर्लाही २४ पुष देशकै सबै भन्दा ठूलो तथा १९ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल सर्लाहीको मलंगवामा रहेका राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।।शनिवार सम्पन्न साधारणसभामा संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७८÷०७९ को आय–व्यय प्रस्तुत गरेका थिए ।

अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप १४ अर्व ३५ करोड ३७ लाख ८६ हजार रुपैयां रहेको छ भने १२ अर्ब ४ करोड ५२ लाख ६ हजार रुपैया ऋण लगानी गरेको छ । यसैगरी राजश्रीको चालु आवको कुल जम्मा पुजी १६ अरब ५१ करोड ७७ लाख ५४ हजार ४५९ रुपैया ५६ पैसा को आय व्य प्रस्तुत गरिएको थियो । त्यस्तै राजश्री सेविंग्स एण्ड क्रेडिट को– आँपरेटिभ सोसाईटी लिमिटेडको आव २०७८÷७९ मा १२ करोड ७८ लाख ४५ हजार ९४ रुपैया नफा भएको विवरण पेश गरिएको थियो ।

साधारणसभा कार्यक्रममा असल रिणी मलंगवा –३ बस्ने रौशन खातुन,निक्षेप कर्ताहरुमा संतोष कुमार साह,खुसिलाल राय, सतिष मल्लिक,सुनिल कुमार सिंह र राजेश कुमार पासवान लाई सम्मान गरेको थियो ।

पुर्व सांसद रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय,पुर्व सांसद लक्षमण राय, राम प्रवेश बैठा,मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम,संस्थाका उपाध्यक्ष सत्यनारायण अग्रवाल ,संचालक समितिका सदस्य ,विभिन्न सेवा केन्द्रका कार्यालय प्रमुख,कर्मचारी ,सेयरधनी, बचतकर्ता तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.